add
अर्थ विशेष स्थानीय खबर

झापामा एक करोडको लागतमा सिटी पार्टी प्यालेस

add

बिर्तामोड, ५ मङ्सिर । झापाको बिर्तामोडमा सिटी पार्टी प्यालेस एण्ड कन्फ्रेन्स हल सञ्चालनमा आएको छ ।

दुई झापाली युवाको संयुक्त लगानीमा रू एक करोडको लगानीमा पार्टी प्यालेस सञ्चालनमा आएको हो । युवा व्यवसायी सुवोद पाठक र कृष्ण पौडेलले आज यहाँ पत्रकार भेटघाटको आयोजना गरी पार्टी प्यालेस सञ्चालनबारे जानकारी दिनुभयो ।

सञ्चालक पाठकले निम्न र मध्यम वर्गको पहुँचमा पु¥याउने उद्देश्यले पार्टी प्यालेस सञ्चालनमा ल्याइएको बताउनुभयो । ‘मानिसमा पार्टी प्यालेस भनेपछि धनाड्य परिवारले मात्र विवाह, पार्टी गर्छन् भन्ने सोच छ’, उहाँले भन्नुभयो, ‘निम्न र मध्यम वर्गले पनि कार्यक्रम गर्न सक्ने गरी सर्वसुलभ मूल्यमा सेवा दिन्छौँ ।’ उहाँले यहाँबाट न्यून खर्चमा पनि विवाह, व्रतबन्ध लगायतका कार्यक्रम गर्न सकिने बताउनुभयो ।

अर्का सञ्चालक पौडेलले विवाह, पार्टीमा हल निःशुल्क उपलब्ध गराउने जानकारी दिनुभयो । ‘पार्टी प्यालेसको हल भाडा मात्र झण्डै २० हजार तिर्नुपर्छ’, उहाँले भन्नुभयो, ‘हामी हल भाडा लिदैनौँ, सेवा पनि गुणस्तरीय प्रदान गछौँ ।’

पार्टी प्यालेसमा ९१७ जना क्षमताको पार्टी हल, ८० जना क्षमताको मिटीङ हल, ३०० जना क्षमताको कन्फ्रेन्स हल रहेको छ । तीन वटै हल वातानुकूलित (एसी) रहेको पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, ‘साउण्ड सिस्टम लगायतका सामग्री भएको यो कन्फ्रन्स हल बिर्तामोडमै पहिलो हो ।’

रुफटफ होटल, स्वीमिङ पुलसँगै रहेको पार्टी प्यालेसको सञ्चालकीय भूमिका युवा व्यवसायी हरि धिमाल समेत रहनु भएको छ ।

Facebook Comments