add
शीर्ष खबर स्थानीय खबर

गौरादहमा सहिदको सम्झनाः रक्तदान तथा श्रद्धाञ्जलि सभा

add

सान नेपाल
गौरादह, ६ मंसिर । झापाको गौरादह नगरपालिकामा आज सहिद रमेश सुवेदी र विष्णु प्रधानको १४ औँ स्मृती दिवसको अवसर पारेर रक्तदान तथा श्रद्धाञ्जली सभा कार्यक्रम गरिएको छ ।

अनेरास्ववियू तथा अनेरास्ववियु क्रान्तिकारीको संयुक्त आयोजनामा सहिदको सम्झनामा विगतझैं यस वर्ष पनि रक्तदान तथा श्रद्धाञ्जलि सभा गरिएको हो । २०६१ साल मंसिर ६ गते तत्कालीन शाही सेनाद्वारा हत्या गरिएका माओवादीका नेता तथा अनेरास्ववियु (क्रान्तिकारीका) तत्कालीन झापा जिल्ला अध्यक्ष एवम् उपाध्यक्ष रमेश सुवेदी र विष्णु प्रधानको स्मृतिमा प्रत्येक वर्ष रवि स्मृति दिवस मनाउने गरिएको छ ।

रवि स्मृति दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टीले गौरादहमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । गौरादह बजारको सहिद मञ्चमा आयोजित रक्तदानमा ६७ जनाले रक्तदान गरेका थिए ।

नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकको प्राविधिक सहयोग रहेको रक्तदानमा संकलन भएको ६७ प्रिन्ट रगत रेडक्रस उपशाखा दमकको ब्लड बैंकमा जम्मा गरिएको छ ।

सोही अवसरमा सहिद मञ्च गौरादह पुनः निर्माण तथा व्यवस्थापन समिति गठन गरिएको छ । रवि स्मृतिमा सहभागीहरुले दुर्गा गौतमको अध्यक्षतामा ११ सदस्य समिति गठन गरेको हो । समितिको सचिवमा डण्डिराज घिमिरे, कोषाध्यक्षमा चक्रपाणी बराल रहेका छन् ।

त्यस्तै, समितिको सदस्यमा दिलिप भण्डारी, लेखनाथ ताजपुरिया, मोहन खनाल, खड्गराज थापा, लक्ष्मी ढकाल, हरि बस्नेत, शान्ता दाहाल र पर्शुराम सुवेदी रहेका छन् । कार्यक्रम अनेरास्ववियु क्रान्तिकारी झापा अध्यक्ष अनिल सुवेदीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

अनेरास्ववियु क्रान्तिकारी केन्द्रिय अध्यक्ष रञ्जित तामाङ प्रमुख अतिथि रहेका थिए । त्यसअवसरमा माननियस सांसद झलक सिंह दर्लामी, सहिदका बुवा गंगाराम सुवेदी, अनेरास्ववियुका नेता रवि बस्नेत, नेकपा झापाका नेता पूष्पलाल ढकाल, मदन अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन कुमार खतिवडाले गरेका थिए ।

Facebook Comments