add
विचार शीर्ष खबर

पर्वको संरक्षण कि असमता ?

add

लेखक : जीवन ज्योति
नेपालीको महान चाडको रुपमा मानिएको दशै, तिहार पर्व सगै छैठ पर्वको धुमधाम समेत सकिएको छ । नेपालका हिन्दु धर्मावलम्बीले परम्परा देखि मान्दै आएको र शासक वर्गले जनतामा प्रेसित गरेका पर्वहरु मध्ये दशै र तिहार बढी उल्लेखनिय छन् । मैले यस लेखमा पर्व प्रतिको हाम्रो अन्ध विश्वासले त्यो मनाउने क्रममा नेपाली नागरिकको मानसपटलमा विकास भएको सामन्तवादी ब्यवहारको अमिल्दो स्वरुपको चर्चा गर्ने प्रयास गरेको हो । महान पर्वका नाममा देशका धेरै नागरिकले अन्धविश्वास तर्फ चालिने हाम्रो पाइलोले देश सम्रद्घीको वर्तमान सपना नेपालीहरुमा थोपरिएको अर्को नयाँ भ्रम मात्र हुनेछ ।

हाम्रो देश राजतन्त्रात्मक हिन्दु धार्मीक राष्ट्रबाट गणतान्त्रिक र धर्मनिरपेक्ष राष्ट्र भएको दशक भै सक्यो । राष्ट्रप्रमुखले दशैमा जनताका लागि अपनाउने समतामुलक थितिको सृजना गर्ने सकारात्मक शासकिय मानसिकताको विकास नहुदा सार्वभौम जनतालाई समानता र सम्मानपुर्णको ब्यवहार अपनाउने ईच्छा नगर्दा यस बर्षको दशैमा जनताले घुडा धसेर राष्ट्रपतिबाट टिका ग्रहण गरे । तिहारको रमाईलो बढदै जादा र हाम्रो उपभोक्तादावी सस्कार बढ्दै जादा करिब अर्बैको झिलिमिलि बत्तिहरु नेपालमा निर्यात भएको पाइन्छ । राष्ट्रीय पर्वका नाममा सरकारी कार्यालयले करोडौ रुपैया तथा जनताले तिरेको राजश्वबाट बिधुतिय बत्ति बाल्न विकासका श्रोतहरु खर्च गरेका छन् ।

हिन्दु धर्ममा वैदिक काल देखि प्राकृतिक स्वरुपका पुजा गर्दै आएको बिभिन्न उदाहरुणहरु पाईन्छ । छैठ पर्वमा सुर्यको पुजा गरिन्छ । यस लेखमा छैठ पर्वको ईतिहास र परम्पराको विश्लेषण गर्ने र यस पर्वलाई मनाउने विधिको बिषयमा हाम्रो मानसिकतामा स्थापित भएका पद्घती र अन्ध विश्वासको बाक्लो जडता खोतल्न र हाम्रो विश्वासलाई तोडने प्रयास पनि होइन । यस लेखको उदेश्य मात्र नेपाली नागरिकहरुमा समताको विचार बुझ्न खोज्ने ईच्छा जगाउने समन्वयको प्रयास हो ।

लेखक : जीवन ज्योति

३० बर्ष पहिलेको समय र मेरो घर ब्यवहारको चलनलाई सम्झदा केही सामाजिक र पारिवारिक भोगाइको मलाई सम्झना आउछ । त्यस समय हामी मोरंगको बाहुनी गाउँमा बसोबास गर्दथ्यौ । हाम्रो जेठो दाजुले राजविराज माइत भएकी भाउजु भित्र्याउनु भएको थियो र उहांमा छैठ पर्वको आस्था थियो । बाहुनी बजारमा स्थानीय केही शाह परिवारका मानिसहरु खाध्यान्न ब्यवसायि थिए ती परिवारमा छैठको आस्था हुदा र उनिहरुले पर्व मनाउदा छैठ पर्वको समयमा प्रसादहरु हाम्रो घरमा ल्याइएको हुन्थ्यो । म २५ बर्ष अघि विराटनगरमा बसोबास गर्न सुरुगर्दा पहाडे समुदायमा धेरैकम परिवारले मात्र यसपर्व लाई अपनाएको पायथे । क्रमशः यस पर्वमा नेपालीहरुको धार्मीक आकर्षण बढेर जानु सकारात्मक पक्ष हो किनकि यो प्रकिृतिको पुजालाई नेपालीको दिगो विकास संग जोडन सकिन्छ तर चार्डपर्व मनाउने नाममा भइरहेका प्राकृतिक बनस्पति ९केराको बिरुवा,आदि०को धेरै बिनास गरिएको पाईन्छ यि याबत कुराहरुले प्रकृतिको संरक्षण नभइ नष्ट भएको छ ,त्यस्तै विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीको २०७५ कार्तीक २८ गते कान्तिपुर दैनिकमा छापिएको फोटो अनुसारको वहाको १५ बर्ष अघि देखिको सडक नाप्ने क्रमिक लम्पसार वादको निरन्तरता लाई के भन्ने रु र नगरवासिले कुन रुपमा बुझ्ने ।

हामी मानिसले अभ्यास गरेका हाम्रा ब्यवहारमा कुन,कति उचित हो ? भन्ने बिषयमा सैद्घान्तिक र दार्शनिक तर्क गरेर यसका सकारात्मक र नकारात्मक पक्षहरुका बिषयमा त्यसको सत्य र निचोडमा पुग्न सकिन्न । हामी नेपाली धर्म निरपेक्ष राष्ट्रका नागरिक हौ, धर्म निरपेक्ष राष्ट्रका लागि पहिलो महत्वपुर्ण आधार त्यस देशका नागरिकहरुमा बिभिन्न धर्महरुको सम्बन्धमा समतामुलक दृष्टीकोण हुनु हो । धर्मनिरपेक्ष राष्ट्रको महत्वपुर्ण आवश्यकता नेपालमा भएका वा हामी नेपाली नागरिकहरुले अपनाएका सबै धर्म, धार्मीक ब्यवहार र अभ्यासलाई समताको दृष्टीबाट हेर्न, बुझ्न र अपनाउन सक्ने नागरिकहरुको विकास गर्ने हो ।

नेपालमा धर्म निरपेक्ष राष्ट्रलाई संचालनगर्ने नयाँ संबिधान स्थापित भएको छ । हामी फरक फरक धार्मीक विश्वासिहरुले हाम्रा धार्मीक चार्डपर्व र ब्यवहारमा आफ्नो एक पक्षको विश्वासलाई मात्र बढी महत्व दिन खोज्ने तर त्यसको प्रभावले हाम्रा सामाजिक, राजनैतिक, आर्थिक ,र वातावरणीय क्षेत्रमा पर्ने नकारात्मक असरको बिषयमा हामीले बुझ्ने प्रयास गरेको पाईदैन । देशको नेतृत्वगर्ने जिम्मेवारी लिएका, सार्वजनिक सस्था मा आबद्व ब्यक्तीहरुबाट पर्वका नाममा हुने अती प्रचारात्मक र समतालाई खल्बल्याउने किसिमका ब्यवहारलाई न्यूनिकरण गर्ने तर्फ पाईला चाल्दा हामी नेपाली नागरिकहरुमा दिगो विकासको मनोविज्ञान विकास हुने आधार तयार हनेछ ।

विश्वका धेरै धर्म परम्परामा पकाश वा सुर्यलाई पुज्ने गरेको पाईन्छ । जापानमा परम्परागत शिन्तो धार्मीक मान्यता अनुसार सुर्य,चन्द्र,बृक्ष,नदी,पर्वत,वायु आदी प्राकृतीक स्वरुपलाई पुजा गरिन्थ्यो । उनीहरु सम्राटको पदलाई ईश्वरद्वारा प्रदत दैवी मान्दथे तर छैटौ शताब्दी पछि त्यहा बौद्घ,कन्फुसियस र लाओत्से धर्मको प्रवेश सगै समयक्रममा क्रमिक समताको ब्यवहारले अधिकांश मानिसहरु बुद्घ धर्म अगाल्न पुगे । जापानमा शिन्तो र बौद्घ धर्म बिच सामाजस्यता कायम भएर हाल बौद्घ धर्मनै प्रधान भएको छ ।

हाम्रो देश नेपालले राजनैतिक परिवर्तन गरेका ठुला ठुला ऐतिहासिक घटना र यतार्थहरु प्रसस्त छन् । हाम्रा शासक हरुले एक दशक समयको अन्तरालमा हाम्रो राष्ट्रका चालु मनोविज्ञानमा आफुले अपनाएको विचारमा संका र संकोच लाग्न थाल्छ र समाज र राष्ट्रमा नयाँ ध्रुविकरण भै हाम्रा अवसरवादिता र आयातित भौतिक सान, सौकतले हामीलाई लोभ्याउछ र फरक बाटोमा हिडने बनाउछ । हामी राष्ट्रीय सस्कृतिको नाममा नेपाली नागरिकहरुमा नयाँ नयाँ भ्रम थोपर्ने गर्छौ । हामीले संविधानमा समाजवाद उन्मुख राज्य भनि तोक्यौ, तर कान्पिुरको मिति २०७५ कार्तीक २८ गते प्रकासित समाचार अनुसार काठमाडौमा दैनिक ३४५ नयाँ गाडी भित्रिन्छन् । यसको सास्कृतीक, सामाजिक, राजनैतिक , आर्थिक र वातावरणीय पक्षको विवेचना राज्य र प्रबुद्घ वर्गले गर्ने ईच्छा गर्दैन ।
हामी मानिसले यस पृथ्वीमा लाखौ बर्षदेखि आफ्नो आधिपत्य कायम गरेको स्विकार गर्नुपर्छ । मानिसले विभिन्न धर्मको विकास गरी आफु विबेककशिल प्राणी भएको मनन् गर्दा आफ्नो धार्मीक सरक्षणको नाममा पारिस्थितीक प्रणालीमा नकारात्मक असर नगरौ ।

Facebook Comments