add
साहित्य

रहरको सहर भएछ काठमाडौँ

add

देवेन्द्र खड्का
“रहरै रहर बोकेको सहर पो भएछ काठमाडौ”
रहरै रहर बोकेर कहिल्यै नथाक्ने सहर भए छ काठमाडौ १
आशा(अभिलाषाहरु मनभरी बोकी
धेरै बाटोहरु हुदै उपत्यका छिर्ने सहर भएछ काठमाडौ
निस्वार्थ भावनाले तीन करोड नेपालीहरुका लागि
शान्ती, समृद्धि र विकासको दिगो योजना बुन्नेहरु भन्दा
जाल(झेलको प्रपञ्च बुनेर
सिधा(सादालाइ ठग्ने खलनायकहरुको सहर पो भएछ काठमाडौ ।

लेखक: देवेन्द्र खड्का

स्वार्ग कि परीजस्ती सौन्दर्यतामा सजिएर बस्नु पर्नेमा
निथ्रुक्क भीजेकी चरीजस्तै पो भएछ काठमाडौँ
पुनर्जीवन प्राप्त होला भनी आशा अनि भरोसा बोकेर
गाउँको खेतवारी र हलगोरु बेची अस्पताल आउनेहरुमाथि मरेपछि पनि
तमसा गराइ रहने चिकित्सकहरुको सहर पो भएछ काठमाडौँ ।।
देशकै मूल्य( मान्यता संस्कार संस्कृति धर्म(परम्पराको विरुद्ध
पश्चिमेलिहरुले रंग(मंचन गर्दै फ्याँकेको
अस्र सहन गर्ने सहर पो भएछ काठमाडौ
गाँउमा मोटर गुड्ने सडकको चिन्ता छैन मेरी आमालार्इ
सत्ताको अभिमान वा स्वार्थको बिज प्रस्फुटन भएरै त होला
सय माइल जति मात्र पनि राम्ररी गुड्न सक्ने सडक नि बनेको छैन
धेरै महङ्गो मोटर चड्नु पर्ने रहर लाग्ने सहर भएछ काठमाडौ ।।।
गरीब नागरिकहरुले सुकाएको बिस्कुन माथि पनि
बिदेशी मदिराले मदहोश भएको बेला
देशैभरिका सर्व(साधारण जनताले तिर्नै नसक्ने
सरकारी कर लगाउने सहर पो भएछ काठमाडौँ
धुँवा(धुलो र फोहरको डँङुर हेरि रहने र मोटरै मोटर गुडिरहने
रहर भएको सहर पो भएछ काठमाडौँ ।
भ्रस्टाचारको बिज उत्पादन गरी
देशै भरिका लागी साना–साना पोका पारी कोशेली जस्तैगरी वितरण गर्ने
रहर बोकेको सहर पो भएछ काठमाडौ
पवित्र नदि(नालाहरु विवश र लाचार भएर बगिरहनु पर्ने
सहर पो भएछ काठमाडौ
मठ(मन्दिर र पाटी(पौवा देवस्थल अति(आक्रमणको सिकार बन्दै
बाध्यताले जिर्णोद्वारको आशामा रहिरहनु पर्ने सहर भएछ काठमाडौ ।।
हत्या हिंसा बलात्कार दिनहुँ भैरहेको समाचार सुनेर नि
टुलुटुलु हेरिरहने अदालत अनि न्यायको लागि
सधैँ भौतारी रहनुपर्ने सहर पो भएछ काठमाडौ ।
युगौ देखिको परिवर्तनको आशामा
नेपाली जनताले पर्खी बसिरहनु पर्ने
रहर बोकेको सहर पो भएछ काठमाडौ
यस्तै यस्तै रहरै रहरको सहर भएछ काठमाडौँ ।।।
यस्तै यस्तै रहरै रहर को सहर भएछ काठमाडौँ ।।।

गौरादह, झापा

Facebook Comments