add
विचित्र विश्व

आतंकवादीको बारेमा जानकारी दिनेलाई अमेरिकाले ५० लाख डलर दिने

add

मुम्बइ। मुम्बइमा १० वर्षअघि भएको आतंकवादी आक्रमणमा संलग्न आतंकवादीको बारेमा जानकारी दिनेलाई अमेरिका सरकारले ५० लाख डलर पुरस्कार दिने भएको छ । अमेरिकी विदेशमन्त्री माइकल आर पोम्पियोले आइतबार यसको घोषणा गरेका हुन् । जो कोहीले पनि यो आक्रमणको षड्यन्त्र बनाउने वा यसमा मद्दत गर्नेहरुको जानकारी दिनेछ उसलाई पुरस्कार दिइनेछ । यो आतंकवादी आक्रमणमा ६ जना अमेरिकी नागरिक पनि मारिएका थिए ।

आक्रमणको १० वर्ष पुगेको अवसरमा विदेशमन्त्री पोम्पियोले भने ‘अमेरिकी सरकार र सबै नागरिकको तर्फबाट म भारत र मुम्बइ शहरप्रति सहानुभूति जनाउँछु । हामी आतंकवादी आक्रमणमा आफन्त गुमाउने परिवार र उनीहरुका साथीहरुसँग उभिएका छौं ।’ पोम्पियोले अमानवीय हमलामा जिम्मेवार लश्कर ए तोएबा र अन्य आतंककवादी संगठनमाथि प्रतिबन्ध लगाउन पाकिस्तानलाई भनिने बताएका छन् ।

२६ नोभेम्बर २००८ मा १० आतंकवादी कराँचीबाट समुद्रको बाटो मुम्बइ पुगेका थिए । उनीहरुले छत्रपति शिवाजी टर्मिनल, ताज होटल, ट्राइटेंड होटल र यहुदी केन्द्रमा हमला गरेका थिए । आक्रमणमा १६६ जना मारिएका थिए । मारिनेमध्ये २८ विदेशी नागरिक थिए । करिब ६० घण्टा मुठभेड चलेको थियो र एक आतंकवादी अजमल कसाबलाई जीवितै समातिएको थियो जसलाई पछि फाँसी दिइयो । यद्यपि यो आक्रमणको मुख्य योजनाकार भनिएका पाकिस्तानी नागरिकलाई भने पाकिस्तानको अदालतबाट जमानतमा रिहा गरिएको थियो ।

Facebook Comments