शिवसताक्षी, १९ जेठ । नेपाल राष्ट्रिय शिक्षक संगठन शिवसताक्षीको अध्यक्षमा पुनः रमेश दाहाल चयन भएका छन् ।
शिवसताक्षीको दूधेमा भएको दोस्रो अधिवेशनबाट दाहाल अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । त्यस्तै उपाध्यक्षमा खगेन्द्रबहादुर दाहाल, महिला उपाध्यक्षमा ताराकुमारी लावती चयन भएका छन् ।
सचिवमा अर्जुन भट्टराई, कोषाध्यक्षमा कमल भट्टराई, सह सचिवमा विमला बराल निरौला र सह कोषाध्यक्षमा लोककुमारी डाँगी सर्व सम्मत चयन भएको निर्वाचन मण्डलले जनाएको छ ।
त्यस्तै, आजै भएको अधिवेशनबाट सदस्यहरुमा होमनाथ न्यौपाने, कमलप्रसाद ढकाल, किरणचन्द्र कार्की, अनिल आचार्य, भाष्कर अधिकारी, मोहन तिम्सिना, कमलप्रसाद भट्टराई, गुरुप्रसाद पौडेल, रुपसुन्दर सेर्मा, अनिलकुमार मिश्र, नारायण भट्टराई, विद्यादेवी न्यौपाने रहेका छन् । त्यसैगरी महिला सदस्यहरुमा डम्बरकुमारी कार्की, रञ्जना घिमिरे, गीता खरेल संग्रौला, उमिल सुन्दार रहेको नव निर्वाचित अध्यक्ष रमेशकुमार दाहालले जानकारी दिए ।
दोसो अधिवेशनका अवसरमा शिवसताक्षीमा शिक्षा सेवा आयोगबाट सिफारिस भएका शिवसतक्षीमा कार्यरत ९ जना शिक्षकहरुलाई बधाई तथा शुभकामना दिदैं बधाई पत्र प्रदान गरिएको थियो । उनीहरुलाई नेपाल राष्ट्रिय शिक्षक संगठन झापाको अध्यक्ष द्रोणकुमार श्रेष्ठ र शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले प्रदान गरेका हुन् ।
बधाई पत्र प्राप्त गर्ने शिक्षकहरु गंगामाया ढकाल,गोमा कडरिया, अञ्जना आङ्देम्बे, इन्दिरा पौडेल, शर्मिला सुन्दास, निलु लिम्बु, कृष्णप्रसाद पोख्रेल, दिनेश घिमिरे र श्याम कट्टेल रहेका छन् । अधिवेशन शिवसताक्षीको दूधे स्थित श्री रा.र.मा. माविमा भएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।