
काठमाण्डौ, २२ जेठ । सुनको भाउले आज नयाँ रेकर्ड बनाएको छ । आज सुनको भाउ एक हजार सात सय रुपैयाँले बढेर तोलाको एक लाख ४२ हजार सात सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
सुनको यो मूल्य अहिलेसम्मकै उच्च हो । हिजो सुनको भाउ तोलाको एक लाख ४१ हजार रुपैयाँ रहेको थियो । यसअघि जेठ १८ गते सुनको मूल्य अहिलेसम्मकै उच्च एक लाख ४२ हजार दुई सय रुपैयाँ पुगेको थियो ।

त्यस्तै चाँदीको भाउ पनि आज बढेको छ । चाँदी तोलामा २५ रुपैयाँले बढेर तोलाको एक हजार आठ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
