बिर्तामोड, २३ जेठ । झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा स्टाफ नर्स शैक्षिक कार्यक्रम सञ्चालनका लागि सम्बन्धित निकायको समन्वयमा आवश्यक प्रकृया अगाडि बढाइने भएको छ ।
कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा मेची अस्पतालमा स्टाफ नर्स शैक्षिक कार्यक्रम सञ्चालनका लागि आवश्यक प्रक्रिया अगडि बढाउने उल्लेख छ । प्रदेश प्रमुख पर्शुराम खापुङले आगामी आवका लागि प्रदेशसभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।