झापा, २६ जेठ । आईसीसी टी–२० विश्वकपमा क्यानडाले आयरल्यान्डलाई हराएको छ।
शुक्रबार राति न्युयोर्कमा भएको खेलमा क्यानडाले आयरल्यान्डविरुद्ध १२ रनको जित हासिल गरेको हो। क्यानडाले आयरल्यान्डलाई जितका लागि १३८ रनको सरल लक्ष्य दिए पनि उसले ७ विकेटमा १२५ रन मात्रै बनाउन सक्यो। आयरल्यान्डको यो लगातार दोस्रो हार हो। समूह ‘ए’मा रहेको क्यानडा उद्घाटन खेलमा भने अमेरिकासँग ७ विकेटले हारेको थियो।
![advt](http://jhapaonline.com/wp-content/uploads/2024/06/Jana-ad-2-copy.jpg)
बिहीबार मात्र अमेरिकाले बलियो टेस्ट राष्ट्र पाकिस्तानलाई सुपर ओभरमा हराएको थियो। त्यसको भोलिपल्ट नै क्यानडाले आयरल्यान्डलाई हराएको हो। शुक्रबार रातिको खेलमा क्यानडाका निकोलस किर्टन ‘प्लेयर अफ द म्याच’ घोषित भए।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।