

कनकाई, ३१ जेठ । झापाको कनकाई नगरपालिकाले निर्धारण गरेको कर समुचित भएको सहभागीले बताएका छन् ।
कनकाई नगरपालिकाले बुधबार आयोजना गरेको आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि करको दर एवम् दायरा सम्बन्धी छलफलका सहभागीहरुले कनकाई नगरपालिकाले चालू आवमा निर्धारण गरेको कर समुचित भएको बताएका हुन् । उनीहरुले पहिला कुरा बुझ्दा विरोध भएको तर नगरले यथार्थपरक कर निर्धारण गरेको प्रतिक्रिया दिएका थिए ।

सहभागीले हाल आर्थिक मन्दीको प्रभाव कायमै रहेकाले हाल निर्धारण भएको करलाई नै निरन्तरता दिनुपर्ने, उठेको करको केही हिस्सा टोल विकास समितिलाई टोलको विकास गर्न दिनुपर्ने, सुरुङ्गा बजारमा रहेको धेरै घर नक्सा पास नहुँदा चाहेर पनि राजश्व तिर्न नसकिएको लगायतका समस्या, गुनासा र सुझाव सहभागीले राखेका थिए ।

छलफललाई सम्बोधन गर्नुहुँदै नगरप्रमुख राजेन्द्र पोखरेलले करका कुरा नबुझुदा समस्या भएको बताउनुभयो । उहाँले नगरको कर प्रणाली अझ व्यवस्थित गर्नै जैलाने उल्लेख गर्नुभयो । हालसम्म घर बहाल कर नतिरेकाहरुलाई चार वर्षसम्मको तिर्ने गरीको योजना बनाइने बताउँदै भन्नुभयो, ‘कर तिर्ने र उठाउने कुरामा तदारुकता नदेखिँदा पनि कमजोरी भएको छ।, त्यसलाई सुधार गरेर अघि बढ्न आवश्यक ।’ नगरबासीको आमसहभागितामा कर निर्धारणका लागि छलफल गरिएको उहाँले बताउनुभयो ।
छलफल कार्यक्रममा नेपाली कांग्रेस सभापति दुर्गा प्रसाईं, एमाले नगर अध्यक्ष गोकर्ण ओझा, नेकपा माओवादी केन्द्रका यमनाथ सेडाइ, राष्ट्रिय स्वतन्त्र पार्टीका नगर अध्यक्ष नन्दकुमार चुडाल, राप्रपा नगर अधयक्ष टिका बराल, जसपा नगर अध्यक्ष रत्नकुमार श्रेष्ठ, स्वतन्त्र नागरिक मञ्च संयोजक चन्द्र मैनाली लगायतले आआफ्नो धारणा र सुझाव राख्नुभएको थियो ।
त्यस्तै, जनप्रतिनिधिहरु, विभिन्न संघ–सस्थाका प्रतिनिधि, उद्योग वाणिज संघका प्रतिनिधि, व्यवसायी एवम् कर्मचारीहरुको सहभागिता रहेको थियो ।
छलफल कार्यक्रममा नगर उपप्रमुख आशाशर्मा शिवाकोटी स्वागत गर्नुभएको थियो भने सञ्चालन कर्मचारी लक्ष्मीप्रसाद अधिकारीले गर्नुभएको थियो भने योजना शाखा प्रमुख जमुना कटुवाल, राजश्व शाखा तथा जिन्सी शाखा प्रमुख भोजराज आचार्य लगायतको सहभागिता रहेको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।