
बिर्तामोड, ३ असार । झापा बिर्तामोडको पाथीभरा होटल एण्ड लजमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । इलाम सूर्योदय नगरपालिका–४ बस्ने अन्दाजी ३८ वर्षका कर्म शेर्पा होटलभित्र झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
मलेसियाबाट फर्केर उनी जेठ २८ गतेदेखि उक्त होटलमा बस्दै आएका थिए । होटलको बन्द कोठाभित्रबाट दुर्गन्ध आएपछि शनिवार बेलुका ढोका फोडेर हेर्दा झुण्डिएको अवस्थामा उनी भेटिएको इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडले जनाएको छ ।

शेर्पा केही दिन अगाडि नै झुण्डिएको हुनसक्ने आशंका गरिएको छ । मृतकका आफन्त बोलाई शवको सर्जमिन गरी पोष्टमार्टममा पठाइएको प्रहरीले बताएको छ । मृतक शेर्पाका श्रीमती र नाबालक सन्तान रहेको बताइएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
