
झापा, ३ असार । झापाको मेचीनगरमा चट्याङ लागेर दुई वटा राँगा मरेको छ ।
अविरल वर्षासँगै आज बिहान परेको चट्याङ लागेर मेचीनगर–३ भावना टोल बस्ने योगेन्द्र भट्टराईको गोठमा बाँधी राखेको २ वटा राँगाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । राँगाको मूल्य करिब १ लाख ५० रहेको छ भने सोही गोठमा रहेको एउटा माउ भौसीको देब्रे पट्टिको करङमा सामान्य चोट लागेको जनाइएको छ ।

Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
