
झापा, ४ असार । झापाको कमल गाउँपालिका–४ चुलाचुलीमोडमा दुई वटा बस एक आपसमा ठोक्किँदा २१ जना घाइते भएका छन् ।
कमल–४ स्थित राजमार्गमा झिलझिलेबाट दमकतर्फ आउँदै गरेको बा३ ख २१६६ नं. को टिपर र विपरीत दिशातर्फबाट जाँदै गरेको को १ ख ५०८७ नं. को यात्रु बस एकापसमा ठक्कर खाई दुर्घटना हुँदा बसमा सवार २१ जना यात्रुहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घाइतेहरुलाई उपचारका लागि दमक रिसर्च सेन्टर अस्पताल दमकमा ११ जना, लाइफलाइन अस्पताल दमकमा ९ जना र दमक अस्पतालमा १ जना पठाइएको छ । घाइतेहरुको परिचय बुझ्ने कार्य भइरहेको छ भने बस र टिपर घटनास्थलमै रहेका छन् । बस चालक उदयपुर त्रियुगा नगरपालिका–३ का ४५ वर्षीय शोक बोट र टिपर चालक जिल्ला धनुषा गणेशमान–५ का ३४ वर्षीय शेरबहादुर राई इलाका प्रहरी कार्यालय दमकको नियन्त्रण रहेको जनाइएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
