
झापा, १९ असार । नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन एमालेले आज फिर्ता लिएको हो ।
प्रधानमन्त्री प्रचण्डलाई आजै भेटेर मन्त्रीहरूले राजीनामा बुझाउने एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । एमाले र नेपाली कांग्रेसबीच केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बनाउने सहमति भएपछि मंगलबार बसेको एमाले सचिवालय बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुधबारसम्म राजीनामा दिन आग्रह गरेको थियो । तर, प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिएपछि एमालेले समर्थन फिर्ता लिएको र मन्त्रीहरूले राजीनामा दिन लागेको प्रमुख सचेतक बर्तौलाले बताए ।

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
