
झापा, २२ असार । झापाका हर्कबहादुर राई प्रथम मिस्टर कोशी च्याम्पियन बनेका छन् । उनले उत्कृष्ट चार वटा तौल समूहका विजेतालाई पछि पार्दै च्याम्पियन बनेका हुन् ।
आज बिर्तामोडमा सम्पन्न प्रदेशस्तरीय प्रतियोगितामा ७० केजी तौल समूहमा सहभागिता जनाएका उनले ओभरअल च्याम्पियन बन्दै उपाधिसहित १ लाख ५० हजार र ट्रफी प्राप्त गरेका छन् ।
प्रतियोगिताको फस्ट रनरअप झापाका अभिजित राजवंशी भए । उनले नगद १ लाखसहित ट्रफी पाउँदा सेकेण्ड रनरअप मोरङका टंकबहादुर मगर बने । उनले नगद ५० हजार र ट्रफी पाए ।
चौथो स्थानमा ६५ केजी तौल समूहका उदयपुरका अमनकुमार शाह बने उनले नगद ३० हजार पाउँदा पाँचौँ स्थानमा ५५ केजीका अनिश राई भए । उदयपुरका अनिशले नगद २० हजारमा चित्त बुझाएका छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।