
झापा, २४ असार । मेरुदण्डका नशामा कुनै कारण गडबडी हुनु वा दवाव पर्नुलाई नै नशा च्यापिनु भनिन्छ। पछिल्लो समय नशाको उपचारका लागि अस्पताल आउनेमध्ये अधिकांशको मेरुदण्डमा कम्मरको भागको चौथो र पाँचौँ अनि पाँचौ र छैटौँ हड्डीबीचमा तथा गर्धनका पाँचौँ, छैटौं र सातौँ हड्डीबीचमा नशा च्यापिएर समस्या उत्पन्न भएको पाइन्छ।
मेरुदण्डको नशा च्यापिँदाका लक्षण
१. हात–खुट्टा दुख्ने, झमझमाउने र पोल्ने,
२. गर्धन र ढाडमा अत्यधिक पीडा हुने,
३. विस्तारै मांशपेशी कमजोर हुँदै जाने,
४. छाला बाक्लो भएको जस्तो महसुस हुने,
५. हिँडडुल गर्न गाह्रो हुने, शरीर बाङ्गिने,
६. समयमै उपचार हुन सकेन भने हात वा खुट्टा नचल्ने, आदि।

रोकथामका उपाय
विशेषज्ञलाई जँचाएर आफूले अपनाउनुपर्ने सावधानी तथा व्यायाम राम्ररी सिक्ने,
सधैँ पोजिशन र पोस्चरको ख्याल राख्ने,
काम गर्दा, उठ्दा, बस्दा वा सामान उचाल्दा मेरुदण्डमा दवाव नपार्ने,
नियमित हिँड्ने, व्यायाम तथा योग गर्ने बानी बसाल्ने,
चोटपटक तथा दुर्घटनाबाट बच्न सावधानी अपनाउने,
गर्धन, मेरुदण्ड बलियो तथा लचिलो बनाउने व्यायामहरु नियमित गर्ने,
काम गर्दा प्रत्येक आधा घण्टामा २ मिनेट आराम लिने,
नियमित वा हप्ताको एक घण्टा कपडा खोलेर घाममा बस्नाले भिटामिन डी प्राप्त गर्न सकिन्छ, जसले हड्डी बलियो बनाउँछ।
प्रसस्त पानी पिउने। क्याल्सियम बढी पाइने खानेकुरा खाने,
धूमपान, मद्यपान, चिल्लो, चिनी, जंकफुड आदि नखाने,
विशेषज्ञको सल्लाह बमोजिम घरेलु उपचार विधिहरु अपनाउने (जस्तैः मालिस, तातो वा चिसोले सेक्ने तरिका आदि)
डा सुनिल पौडेल/ स्वास्थ्य खबरबाट
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
