बिर्तामोड, २४ असार । झापाको बिर्तामोडमा रक्तदान कार्यक्रम गरिएको छ । पञ्चकन्या सोसाइटी तथा बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको संयुक्त आयोजनामा आज रक्तदान गरिएको हो ।
नेपाल रेडक्रस सोसाइटी बिर्तामोड रक्त सञ्चार शाखाको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा रक्तदान कार्यक्रममा ५५ पिन्ट रगत संकलन भएको छ । ‘पञ्चकन्या सोसाइटीको चाहाना, सभ्य समाजको परिकल्पना’ भन्ने मुल नाराका साथ सोसाइटीले रक्तदानसहित विविध सामाजिक काम गर्दै आएको सचिव वीपी लामिछानेले बताए । रक्तदान कार्यक्रमको उद्घाटन नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले गरेका थिए ।
बिर्तामोड साना शहरी खानेपानीका अध्यक्ष मेघराज बास्तोला र पञ्चकन्या सोसाइटीका अध्यक्ष ओमनाथ उप्रेतीको संयुक्त अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा स्वागत सोसाइटीका कोषाध्यक्ष बिष्णु चुडालले गरेका थिए । कार्यक्रममा बिर्तामोड खानेपानीका उपाध्यक्ष शैलेन्द्र सिटौला, सचिव पारसमणि मैनाली, कोषाध्यक्ष शारदा रिजाल, सदस्य मायादेवी प्रधान, सोसाइटीका सह–सचिव दधिराम पाठक, मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष चण्डीप्रसाद उपाध्ययलगायतको आतिथ्य रहेको थियो ।
कार्यक्रममको सञ्चालन सोसाइटीका सचिव विपि लामिछानेले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि ढकाल र बिर्तामोड खानेपानीका अध्यक्ष बास्तोलालले रक्तदान गर्नेलाई प्रमाणपत्रसमेत बितरण गरेका थिए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।