झापा, २५ असार । झापाको मेचीनगर नगरपालिका–१ र ४ को सिमाना प्रसाद गैडा स्थित मेची खोलामा आएको बाढीले कटान गर्दा हात्ती छेक्ने तारबार बगाएको छ ।
आज बिहानदेखि परेको अविल बर्षाको कारण खोलामा आएको बाढीले कटान गर्दा त्यहाँ रहेको हात्ती तारबारको तीन ओटा पिलरसहित थिङकिङ तार समेत बगाएको छ । उक्त कटानबाट करिब १ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

