

झापा, २६ असार । कैलालीको लम्कीचुहा नगरपालिकाकाको दुई भिन्न स्थानमा अचेत अवस्थामा फेला परेका दुई पुरुषको मृत्यु भएको छ ।
मृतकमध्ये एक जनाको लम्कीचुहा नगरपालिका–५ का ५१ वर्षीय सागर विक रहेका छन्। नाम, थर, वतन नखुलेको अर्का मृतक एक जना करिब ५६ वर्षका पुरुष लम्कीचुहा–३ खैरेनीस्थित रानी जमरा कुलरिया सिँचाइ आयोजनाको नहरमाथि अचेत अवस्थामा फेला परेका थिए । उनीहरु दुवै जनाको मृत्यु भइसकेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

इलाका प्रहरी कार्यालय लम्कीबाट खटेको प्रहरी टोलीले उपचारको लागि स्थानीय अस्पताल भल्कामा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन् । घटनाको अनुसन्धान प्रहरीले गरिरहेको जनाइएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।