
झापा, २६ असार । बाँकेको राप्तिसोनारी गाउँपालिका–२ कचनापुरको हरिहरपुर गाउँमा मंगलबार साँझ धान रोपिरहेको बेला चट्याङ लागेर दुई महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय ३२ वर्षीया सम्झना विक र ३३ वर्षीया बसन्ती उपाध्याय रहेका जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। चट्याङ लागेर ३० वर्षीया सलिना विक गम्भीर घाइते भएकी छन् । चट्याङले लागेर गम्भीर घाइते भएका विक र उपाध्यायको स्थानीय अस्पतालमा उपचारको क्रममा नेपालगन्ज मेडिकल कलेजको कोहलपुर शिक्षण अस्पतालमा मृत्यु भएको हो । घाइते विकको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
