बिर्तामोड, २६ असार । झापाको बिर्तामोड–५ स्थित द रिजेन्सी हस्पिटालिटी कलेज अफ होटल म्यानेजमेन्टले डीप्लोमा इन होटल म्यानेजमेन्टको कक्षा सञ्चालनमा ल्याएको छ ।
हस्पिटालिटीको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले सञ्चालित कलेजले एक वर्षे डीएचएम कक्षा सञ्चालनमा ल्याएको हो । आज एक औपचारिक कार्यक्रमका बीच कक्षा सञ्चालनमा ल्याइएको हो ।

कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरपालिका–५ का वडा सदस्य दुर्गाप्रसाद शिवाकोटीले युवाको बढ्दो विदेश पलायन रोक्न स्वदेशमै टिक्न र बिक्न सक्ने शिक्षा वर्तमानको आवश्यकता रहेको औंल्याउनु भयो । स्वदेश तथा विदेशमा काम गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्ने कार्यको प्रशंसा गर्दै उहाँले कलेजको थप प्रगति कामना गर्नुभयो ।
कार्यक्रममा अतिथि हस्पिटालिटीका निरज श्रेष्ठले हस्पिटालिटी क्षेत्रमा दक्ष कामदारको माग बढ्दै गएको बताउनुभयो । उहाँले यसको माध्यमबाट छोटो समयमा सीप र दक्षता हासिल गरेर राम्रो काम र दाम पाउन सकिने बताउनुभयो ।
कार्यक्रमको औचित्य र स्वागत मन्तव्य राख्नु हुँदै कलेजका संस्थापक तथा कार्यक्रम निर्देशक रोहित ओझाले कलेजबाट स्तरीय शिक्षा दिने प्रतिबद्धता जनाउनुभयो । होटल म्यानेजमेन्टको क्षेत्रमा २३ वर्षदेखि कार्यरत उहाँले भन्नुभयो, ‘म गुणस्तरीय शिक्षा दिने प्रतिबद्धता जनाउँछु, काम गर्दै जाँदा कुनै कमिकमजारी हुन सक्छ, जानकारी गराउनुहोला ।’
कार्यक्रममा बिर्तामोड–५ का वडा सदस्य मालती बिक लगायतको आतिथ्य रहेको कार्यक्रमको सञ्चालन होटल व्यवसायी संघ झापाका महासचिव शिव पौडेलले गर्नुभएको थियो ।
करिब दुई करोड रुपैयाँको लगानीमा सञ्चालनमा आएको कलेजमा ३ महिनादेखि एक वर्षसम्मका होटल म्यानेजमेन्ट सम्बन्धी विभिन्न कोर्षको अध्यपन गराइने कलेजका प्रबन्ध निर्देशक रोहन ओझाले जानकारी दिनुभयो ।
कलेजमा पुनम श्रेष्ठ, मनोज साह, राजेश सुवेदी, निशा अधिकारी, लेखनाथ कोइराला, दिनेश मास्के लगायतले प्रशिक्षण दिइरहेका छन् । कलेजमा कुक, बारिष्टा, बेकरी, बेटर, सुसी, कुलिनरी आर्ट लगायतको तालिम दिने गरिएको छ ।
कलेजमा अध्ययन गरेका विद्यार्थी हाल युरोप, अष्ट्रेलिया, कतार लगायत मुलुकका तारे होटलहरुमा रोजगारी गरिरहेको कलेजले जनाएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

