

चन्द्र बस्नेत
कनकाई, २७ असार । झापाको कनकाई नगरपालिकामा जटिल प्रकृतिका रोग भएका बिरामीको संख्यामा बृद्धि भएको पाएको छ ।
जटिल रोग भएका बिरामीलाई संघिय सरकारबाट प्राप्त अनुदान बापतको पहिलो किस्ता स्वरुप गत चैतमा सहयोग रकम हस्तान्तरण गर्दा नगरमा यस्ता रोगीको संख्या ८८ जना रहेकमा अहिले ३ महिनामा नै यस्ता रोगी १४ जना थपिएर १ सय २ जना पुगेको कनकाई नगरपालिकाका जनस्वास्थ्य निरीक्षक नारायण अधिकारीले जानकारी दिनुभयो ।


यता नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले रोगीको संख्यामा वृद्धि हुनु दुःखद भएपनि आम नागरिकमा चेतनाको स्तरमा सुधार आएकोमा खुशी प्रकट गनुभयो । उहाँले पहिले– पहिले यो रोग चेकजाँच गराउनै डराउने, रोग तेस्रो ,चौथो स्टेपमा पुगेपछि मात्रै जचाँउदा जोखिम धेरै हुने र मानिसको ज्यान नै जाने गरेकोमा अहिले सुरुवाती चरणमा नै चेकजाँच गराउदा धेरै रोगी निको भएको उदाहरण प्रस्तुत गर्नुभएको थियो । यसमा नगर तथा वडाका सम्पुर्ण जनप्रतिनिधि , सबै संघ सस्था, राजनीतिक दल, स्वास्थ्यकर्मी, बिरामीका परिवार, सन्चारकर्मीहरु लगायतको भुमिकाको कारणले पनि चेतनाको स्तरमा वृद्धि भई स्वास्थ्यजाँच गराउनले र नियमित औसधि सेवन गराउनाले पनि यो रोग चाडैं निको हुने गरेको बताउनुभयो ।

नगर प्रमुख पोखरेलले अब चाडैं महिलाहरूमा हुने क्यान्सर रोग लाग्नबाट वचन महिलाहरुकै लागि क्यान्सर विरुद्धको खोप ल्याउन प्रक्रिया सुरु गरोएको पनि जानकारी गराउनु भएको थियोे । उहाँले नगरपालिकाले यतिबेला अर्यानिक खेतीलाई जोड दिदै आएको बताउदै विषादी रहित खानेकुराको मात्रै प्रयोग गर्न आग्रह गर्नुभयो ।कनकाई नगरपालिकाले जटिल प्रकृतिका रोग भएका बिरामीलाई घरमै पुगेर उपचार सहयोग रकम प्रदान गरेको छ ।
जटिल रोग भएका बिरामीलाई संघिय सरकारबाट प्राप्त अनुदान बापतको दोश्रो किस्ता स्वरुप बाकी ६ महिनाको रकम बिरामीका हातमा नै सहयोग प्रदान गरिएको हो। यो पटक नगरका १ सय २ जना जटिल रोगीलाई घरमै पुगेर २७ लाख ७० हजार रुपैयाँ प्रदान गरिएको कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिनुभयो ।
“जटिल रोग भएका बिरामीलाई उपचारमा राहत होस् भन्ने उद्देश्यले आर्थिक सहयोग गरिएको छ”, उहाँले भन्नुभयो, “बिरामीको घरमा पुगेर उनीहरुकै हातमा पैसा दिएका छौं, उनीहरुको उपचारमा थोरै भए पनि राहत मिल्ने अपेक्षा छ ।”नगर प्रमुख पोखरेलले बताउनुभयो । उहाँले यसप्रकारका रोग भएका बिरामीको संख्यामा वृद्धि भईरहेकाले आफ्नो स्वास्थ्यको ख्याल आफैं गर्दै सुर्तीजन्य पदार्थको प्रयोगमा निषेध गर्नुका साथै बिसादी रहित खानेकुरा मात्रै सेवन गर्न सम्पूर्ण नगरबासीमा आग्रह गर्नुभएको थियो ।

नगरपालिकाले यहाँका अतिविपन्न, एचआइभी पीडित र कुष्ठरोगीको निःशुल्क स्वास्थ्य बिमासमेत गरिदिएको छ भने स्वास्थ्य स्वयम्सेविकालाई अर्ध–शुल्कमा स्वास्थ बिमा गरिदै आएको उहाँले बताउनुभयो । नगरले प्रत्येक वर्ष लक्षित वर्गको निःशुल्क स्वास्थ बिमा गरिदिँदै आएको छ ।
क्यान्सर, मृगौलाको डाइलासिस गराइरहेका, मेरुदण्डको पक्षघात भएका बिरामीलाई मासिक पाँच हजार रुपैयाँका दरले छ महिनाको एकमुष्ठ ३० हजार रुपैयाँँ प्रदान गरिएको हो । अन्य सामाजिक सुरक्षा भत्ता नलिएका नगरको नौ वटै वडाका बिरामीलाई उक्त रकम प्रदान गरिएको कर्मचारी विजय पाठकले जानकारी दिनुभयो ।
यसपटक दोस्रो किस्ता बापतको सहयोग रकम प्राप्त गर्नेहरुमा कनकाई वडा नं। १ का ११ जना, २ का ७ जना, ३ का २९ जना, ४ का ६जना, ५ का १३ जना, ६ का ९ जना, ७ का ११ जना, ८ का १२ जना र ९ नम्बर वडाका ४ जनालाई उपचार सहयोग रकम प्रदान गरिएको कनकाई नगरपालिकाका जनस्वास्थ्य निरीक्षक अधिकारीले जानकारी दिनुभयो ।
यसैबीच , आज वडा न ७ मा रहेका जटिल प्रकृतिका रोग भएका बिरामीलाई घरमै पुगेर उपचार सहयोग रकम प्रदान गरेको छ ।जटिल रोग भएका बिरामीलाई संघिय सरकारबाट प्राप्त अनुदान बापतको दोश्रो किस्ता स्वरुप बाकी ६ महिनाको रकम बिरामीका हातमा नै सहयोग प्रदान गरिएको वडा अध्यक्ष भीष्मभूषण सिटौलाले जानकारी दिनुभयो ।
अध्यक्ष सिटौलाका अनुसार वडामा पहिलो किस्ता बापतको ६ महिनाको रकम उपलब्ध गराउदा ९ जना रहेकोमा बाकी ६ महिनामा वडामा नै यस प्रकारका थप २ जना बिरामी बढेको भन्दै नगरले बन्देज गरेको धूम्रपान सेवनमा साथ दिन र मध्यपानको प्रयोग बाट पनि टाढै रहन सहयोग रकम हस्तान्तरणकै क्रममा आग्रह समेत गर्नुभएको थियोे ।
वडाको सहयोग रकम वितरण कार्यक्रममा वडा अध्यक्ष सिटौला सहित वडा सदस्यीय अरुणा सुब्बा ,निर्मल आङ्थुपो, भगवान टुडु, वडा सचिव तुलसा थापा लगायतले बिरामीको घर–घरमा पुगेर सहयोग रकम हस्तान्तरण गर्दा बिरामी सहित परिवारमा खुशीको आँसु नै वर्सेको देखिन्थ्यो ।
कतिपय बिरामीले त सहयोग रकम ग्रहण गर्दै पिडाको यो घाउमा सरकारले केही मात्रामा भएपनि मलमपट्टी लगाउन सहयोग पुर्याएकोमा वडा तथा नगरलाई धन्यवाद दिदै धूम्रपानकै कारण यस्तो पिडा भोगिरहेको भन्दै नगरले गरिरहेको काममा साथ दिन अनुरोध समेत गरेका थिए । नगरका सबै वडाहरुले यतिबेला बिरामीका लागि आएको सहयोग रकम धमाधम वितरण गरिरहेको जनाएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।