झापा, २७ असार । झापाको गौरादह नगरपालिका १ सितापुरी स्थित मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
गत राति लु ९ प १२७१ नम्बरको मोटरसाईकल आँफै अनियन्त्रित भई सडकको छेउमा रहेको बिजुलीको पोलमा ठक्कर खाई दुर्घटना हुँदा घाइते भएका मोटरसाईकलमा पछाडी सवार देश भारतका ४१ वर्षीय कमल ठाकुरको निम्स अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको हो ।



घटनामा संलग्न मोटरसाइकल चालक स्थानीय ३३ वर्षीय गोपाल ठाकुरलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


