
विराटनगर, २७ असार । झापा र मोरङबाट लागुऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
हिजो राती साढे ९ बजे झापाको दमक नगरपालिका १ फाल्गुनन्द चौक स्थितमा इलामको महमाई नगरपालिका १ घर भई हाल सोहि स्थानमा डेरा गरी बस्दै आएका २५ बर्षीय सन्तोष कुमार एक्तेन लिम्बुले लागुऔषध बिक्री वितरण गरिरहेको भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दमक र अस्थाई प्रहरी पोष्ट फागुनन्दबाट खटिएको प्रहरी टोलीले उक्त कोठाको खानतलासी गर्दा कोठाबाट ४ ग्राम लागुऔषध ब्राउनसुगर बरामद गरेसगै बेचबिखनमा संलग्न निजकै श्रीमती २४ बर्षीया सनिता राई समेतलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

त्यस्तै हिजो दिउसो साँढे २ बजे लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले झापाको भद्रपुर नगरपालिका(५ बाट देश भारत बिहारका २२ बर्षीय आलिम आलमलाई २ ग्राम १०० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो भने हिजोनै दिनको साँढे ३ बजे मोरङको बिराटनगर १५ बाट मोरङ बेलबारी नगरपालिकाका ३१ बर्षीय अमृत बिश्वकर्मालाई AVIL, DIAZEPAM, LUPIZSIC र PHENARAGAN गरि २० एम्पुल सहित लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धन भईरहेको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
