add
विचित्र विश्व

१०० रुपियाँ ज्याला माग्दा मजदूरको हत्या

add

रुख काटेवापतको १ सय रुपैयाँ ज्याला माग्नु एक मजदूरको लागि निकै ठूलो अपराध भएको छ । काम लगाउने मालिकले बीच सडकमा उनलाई खुट्टाले कुल्चेरै मारेका छन् । घटना २६ नोभेम्बरको भएको बताइएको छ । घटनाको सिसिटिभी फुटेज सार्वजनिक भएको छ ।

मृतक मजदूरको नाम तरसेम भएको बताइएको छ । तरसेमका परिवारका अनुसार आरोपी बिल्ला भनिने बलविंदरले तरसेमलाई आफ्नो जग्गामा रुख काट्न लगाएका थिए । दिनभर रुख काट्ने काम गरेका तरसेमले काम सकेपछि १ सय रुपैयाँ ज्याला मागेका थिए । आरोपीलाई १०० रुपैयाँ धेरै लागेपछि उनी रिसाए ।

रिसमा बिल्लाले मजदूरलाई यति कुटे कि मजदूर तरसेमको मृत्यु भयो । आरोपी बलविंदरले यो घटनालाई दबाउने कोसिस पनि गरेका थिए । तर, सिसिटिभी फुटेजले वास्तविकता प्रस्ट पारिदिएको छ । भिडियो बाहिरिएपछि आरोपी बलविंदर फरार भएको बताइएको छ । प्रहरीले मुद्दा दर्ता गरेर उनको खोजी गरिरहेको छ । एजेन्सी

Facebook Comments