add
मनोरञ्जन

निरुता ‘हजार जुनी सम्म’ लिएर आउँदै

add

करीब एक दशकपछि यस वर्ष प्रदर्शनमा आएको फिल्म ‘नाइँँ नभन्नू ल ५’ बाट अभिनयमा कमब्याक जनाएकी अभिनेत्री निरुता सिंहले एक नयाँ फिल्म साइन गरेकी छन् ।

भेट्रान निर्देशक विकासराज आचार्यले निर्देशन गर्ने फिल्म ‘हजार जुनी सम्म’ मा उनी फाइनल भएको निर्माण टिमले जानकारी दिएको छ । अभिनेत्री र निर्देशकको यो दोस्रो सहकार्य हुनेछ । निरुतालाई ‘नाइँ नभन्नू ल ५’ बाट विकासले नै कमब्याक गराएका थिए । हाल निरुता मह सञ्चारको फिल्म ुदाल भात तरकारीु गर्न मुम्बईबाट नेपाल आएकी छन् । अझै २ महिना उनी नेपालमा नै रहने बताइएको छ । फिल्ममा उनी हरिवंश आचार्यको श्रीमतीको भूमिकामा देखिँदैछिन् ।

‘हजार जुनी सम्म’ मा भने उनको भूमिका निर्माण टिमले खुलाएको छैन । आमाको भूमिकामा त होइन ? फिल्मीखबरको प्रश्नमा स्क्रिप्ट राईटर सामिप्यराज तिमिल्सना भन्छन्, ‘भूमिका अहिले नै खुलाउन मिल्दैन । तर, उहाँलाई फरक भूमिकामा भने दर्शकले हेर्न पाउनेछन् ।’

Facebook Comments