add
राजनीति विशेष स्थानीय खबर

नेकपा प्रदेश कमिटीमा झापाबाट ३३ जना

add

बनियानी, १९ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रेदश नं. १ कमिटीमा झापाका ३३ जना परेका छन् । जसमा पूर्व एमालेबाट २० र पूर्व माओवादी केन्द्रबाट १३ जना रहेको नेकपा झापाले जनाएको छ ।

मङ्सिर १२ गते बसेको नेकपा सचिवालयको बैठकले प्रदेश कमिटी सदस्यको नामावलीलाई अन्तिम रुप दिएको नेकपा नेता मणिकुमार साम्पाङ (विजय)ले जानकारी दिनुभयो ।

पूर्व एमालेबाट प्रदेश कमिटी सदस्यमा सोमनाथ पोर्तेल, बसन्त बानियाँ, मेनुका काफ्ले, जसमाया गजमेर, पवित्रा निरौला खरेल, बिर्ख प्रधान, हिराकुमार थापा, विमला बिश्वकर्मा, टुन्ज बराइली, चिन्तन पाठक झापा, विष्णु शिवाकोटी, विष्णुप्रसाद प्रसाईं, लोकबहादुर धिमाल, रोमणि भट्टराई, रोमनाथ ओली, राजिव घिमिरे, सुमित्रा भण्डारी, दीपक कार्की, होमबहादुर थापा, र अमर शिवाकोटी रहेको नेकपा झापाले जनाएको छ ।

त्यसैगरी, पूर्व माओवादी केन्द्रबाट झापाबाट झलकसिंह दर्लामी, राजु आचार्य, मणिकुमार साम्पाङ, खड्गबहादुर कन्दङ्वा, लक्ष्मी न्यौपाने, पुरुषोत्तम चुडाल, रेवतराज पुरी, कल्पना कार्की, डिल्ली घिमिरे, भूपाल सापकोटा, हंशलाल राजवंशी, श्यामवीर लिम्बू र विरेन्द्र बस्नेत रहेको छन् । नेकपाको प्रदेश नं १ को २०७ सदस्यीय प्रदेशमा पूर्व एमालेबाट १२२ र पूर्व माओवादी केन्द्रबाट ८५ सदस्य रहेका छन् ।

Facebook Comments