add
विशेष स्थानीय खबर स्वास्थ्य

अर्जुनधारा नपाले स्वास्थ्य स्वयंसेविकाले अवकाशपछि ४० हजार दिने

add

अर्जुनधारा, १९ मंसिर । महिला स्वास्थ्य स्वयंसेविकाको निस्वार्थ सेवा स्वस्थ, समृद्व राष्ट्र निर्माणमा टेवा भन्ने मूल नाराका साथ आज १५ औं राष्ट्रिय महिला स्वास्थ्य स्वयं सेविका दिवस अर्जुनधारा नगरमा मनाइएको छ ।

उक्त दिवसको अवसरमा अर्जुनधारा नगर क्षेत्रमा कार्यरत महिला स्वास्थ्य सेविका अवकास ४० हजार रुपैंया पाउने घोषणा समेत नगर प्रमुख रानाले गरेका छन् । स्वास्थ्य स्वयंसेविकाहरुले नगरबाट २० हजार रुपैंया र शशर्त अनुदानबाट २० हजार रुपैंया गरी ४० हजार रुपैंया पाउने भएको नगर स्वास्थ्य सह–संयोजक मिश्रीलाल शर्माले जानकारी दिए ।

उक्त दिवसको अवसरमा प्राथमिक उपचार किट ( फस्टएज एड बक्स ) समेत स्वास्थ्य सेविकाहरुलाई नगर प्रमुख हरि कुमार राना र उप–प्रमुख कमला खतिवडाले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए । स्वास्थ्य शाखा अर्जुनधारको तथ्यांक अनुसार नगरका ११ वडाभरिमा ३५ महिला स्वास्थ्य स्वयंसेविका सेवारत छन् ।

कार्यक्रममा अर्जुनधारा नगरपालिकाका प्रमुख रानाले महिला स्वास्थ्य स्वयं सेविकाहरुल नगरपालिकाका वडास्तरमा वडास्तरसम्म स्वास्थ्यका विभिन्न अभियानका सहित प्राथमिक स्वास्थ्य उपचार र जनचेतना जगाउनमा महत्वपूर्ण योगदान दिएका बताएका छन् ।

प्राथामिक स्वास्थ्य केन्द्र शनिश्चरेलाई १५ बेडको अस्पताल निर्माण गर्ने प्रदेशमा ज्ञापनपत्र बुझाइसकेको बताउँदै रानाले भने– नीजि अस्पताल भन्दा उष्कृष्ट बनाउन स्वास्थ्यकर्मी र महिला स्वास्थ्य सेविकाहरुकै ऐतिहासिक दायिप्व काँधमा आएको बताए । स्वास्थ्य स्वयं सेविका र स्वास्थ्यकर्मीहरु बिच कार्यक्षेत्रमा प्रतिस्पर्धाका लागि ९ दिवसीय तालिम दिने उनले बताए ।

प्रमुख प्रशासकीय अधिकृत पकज भुर्तेलले स्वास्थ्य केन्द्रमा सेवाग्राहीले कस्तो सेवा पाइरहेका छन् भन्ने विषयमा आफूले निरीक्षण सुरु गरीसकेको बताए । राज्यकोषबाट कर्मचारीले सेवा, सुविधा लिएपछि आफ्नो कर्तव्य पूरा गरी समृद्ध र सुखी राष्ट्र« निर्माण अघि बढ्न निर्देशन समेत दिएका थिए ।

स्वास्थ्य संयोजक मुकुन्द बस्नेतले स्वागत गरेको कार्यक्रममा ११ नम्बरका वडा अध्यक्ष भैरव खड्का, बोर्ड सदस्य दिलमाया दास लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम संचालन स्वास्थ्य सह–संयोजक मिश्रिलाल शर्माले गरेका थिए ।

Facebook Comments