add
राजनीति विशेष स्थानीय खबर

राजनीतिक दलका कारण हिन्दू धर्ममाथि संकटः राप्रपा महामन्त्री लिङ्देन

add

सन्तोष शर्मा
झापा, १९ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका महा मन्त्री राजेन्द्र लिङ्देनले राजनीतिक दलका कारण नेपालमा हिन्दूधर्ममाथि संकट आएको बताउनुभएको छ ।

राप्रपा झापाले आज बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा महामन्त्री लिङ्देनले त्यस्तो बताउनुभएको हो । ‘राजनीतिक दलका कारण मुलुकमा हिन्दूधर्ममाथि संकट आएको छ’, उहाँले भन्नुभयो, ‘यो संटकलाई राजनीतिक दलले नै हटाउनु पर्छ, राप्रपा हिन्दूधर्मको रक्षाका लागि जे पनि गर्न तयार छ ।’

महामन्त्री लिङ्देनले सरकार विदेशी धर्म प्रबधर्नमा लागेको आरोप लगाउनुभयो । त्यस्तै राप्रापाले हिन्दू धर्मको रक्षाका लागि देशव्यापी रुपमा ‘राष्ट्रिय हिन्दू राष्ट्र जनजागरण अभियान’ सञ्चालन गर्ने भएको छ ।

पार्टीले यही मंसिर २२ गतेदेखि देशव्यापी रुपमा जनजागरण अभियान सञ्चालन गर्न लागेको हो । राप्रपा झापाले आज बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टीका महामन्त्री राजेन्द्र लिङ्देनले मुलुकलाई हिन्दू राष्ट्र बनाउन दबाब दिने उद्देश्यले जनजागरण अभियान सञ्चालन गर्न लागिएको बताउनुभयो । अभियानको जगतगुरु बालसन्त मोहनशरण देवाचार्यले उद्घाटन गर्ने जनाइएको छ ।

‘हिन्दू राष्ट्र स्थापनाका लागि पहिलो चरणमा देशव्यापी रुपमा जनजागरण अभियान सञ्चालन गर्छौं’, महामन्त्री लिङ्देनले भन्नुभयो, ‘दोस्रो चरणमा फागुन ७ गतेदेखि जनसंघर्षका कार्यक्रम सञ्चालन गर्ने र्छौं ।’

कार्यक्रममा महामन्त्री लिङ्देनले हिन्दू धर्म नेपाली जनताको एकता र पहिचानसँग जोडिएको बताउनुभयो । ‘धर्मनिरपेक्षताले देशमा धार्मिक द्वन्द्व हुने सम्भावना बढ्दै गएको छ’, उहाँले भन्नुभयो, ‘वर्तमान अवस्थामा धर्ममाथि संकट आएको छ, धर्म रक्षाका लागि राप्रपाले जस्तोसुकै संघर्ष गर्न तयार छ÷ गर्छ ।’

Facebook Comments