add
स्थानीय खबर

खैरो हेरोइनसहित बिर्तामोड र बाह्रदशीका दुई युवा पक्राउ

add

बनियानी, १९ मंसिर । झापाको मेचीनगर नगरपालिका–६ स्थित मेची भन्सार गेटबाट प्रहरीले लागूऔषध खैरो हेरोइनसहित २ जनालाई पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले आज दिउँसो २ः३० बजे खैरो हेरोइनसहित झापा बाह्रदशी गाउँपालिका–७ बस्ने हेमन्त राजवंशी र बिर्तामोड नगरपालिका–२ का जनक सुन्दासलाई पक्राउ गरेको हो ।

मे ५ प ३६३५ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई चेकजाँच गर्ने क्रममा मोटरसाइकलको ट्याङकीमा प्लाष्टिकमा पोको पारेर सेतो टेपले बाँधेर लुकाई छिपाई राखेको अवस्थामा ४ सय मिलिग्राम लागूऔषध खैरो हेरोइन फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बरामद लागूऔषधसहित पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखि थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ ।

Facebook Comments