add
विशेष शीर्ष खबर स्थानीय खबर

‘सबै जनप्रतिनिधि एक ठाउँमा उभिए समृद्धि गौरादहको सपना पूरा हुन्छ’

add

नेकपा नेता नगेन्द्र भण्डारीले २०४६ सालको जनआन्दोलन भन्दा अघिदेखि नै अखिल विद्यार्थी संगठनबाट सक्रिय राजनीतिक जीवन शुरु गर्नु भएको हो । गौरादह नगरपालिका वडा नं. १ बाट अध्यक्ष पदमा निर्वाचित भई हाल नगर प्रवक्ताको पदमा हुनुहुन्छ । भण्डारी नगरपलिकाका जनप्रतितिधिहरु बीच सदैव नेतृत्वदायी भूमिकामा रहँदै आउनुभएको छ । प्रधानमन्त्री केपी ओलीका प्रिय पात्र मानिने भण्डारी विधि र पद्धतिको जगबाट मात्र नगरलाई समृद्ध बनाउन सकिन्छ भन्ने विस्वास राख्नुहुन्छ । प्रस्तुत छ झापा अनलाइनका सम्वाददाता सान नेपालले उहाँसँग गर्नुभएको कुराकानी–

नगरमा बहुमतका आधारमा नगरप्रमुखलाई नै वाइपास गरिँदैछ नि !
निर्वाचन जितेपछि हामी सबै जनताका साझा प्रतिनिधि हौँ । हामीले मेयर सावलाई वाइपास गरेका छैनौँ र गर्दैनौ पनि । हामी पद्धतिमा चलौँ भन्दा उहाँ स्वेच्छाचारी ढंगले चल्न खोज्न हुन्छ जुन कुरा हामीलाई स्वीकार्य छैन, त्यस्तो कुरालाई वाइपास भन्न मिल्छ र ?

प्राय गौरादहमा जनप्रतिनिधि बीच विवाद चलिरहन्छ, के कारण हो ?
गौरादहलाई कसरी समृद्ध गौरादह बनाउन सकिन्छ भन्ने विषयमा विचार नमिलेको हो । हामी भन्छौँ ५ वर्षमा गौरादहलाई कस्तो बनाउने (गुरुयोजना) रोडम्याप तैयार गरौँ, यहाँका गौरवका योजनाको छनौट गरौँ । कृषि, पर्यटन, सडक, स्वास्थ्य, शिक्षा आदिको खाका निर्माण गरौँ । दीर्घकालीन योजनाहरु तयार गरौँ । स्थानीय निकाय क्षेत्राधिकार भित्र रही ऐन, नियम, कार्यविधी निर्माण गरी चलौँ हामी भन्छौँ । तर, केही जनप्रतिनिधि आफ्नै ढंगबाट काम गर्न खोज्नु हुन्छ । त्यसैले विवाद आइरहन्छन् ।

गौरादह हरेक हिसाबले अन्य स्थानीय निकाय भन्दा कमजोर छ । जनताको आसा भरोसाको सपना कहिले विपनामा परिणत होला ?
कतिपय प्रसंगमा कमजोर छौँ । होला तर पनि विगत एक वर्षको अवधिमा उल्लेख्य मात्रामा विकास निर्माणहरु सम्पन्न भएका छन् । आधारभूत तहका विकास निर्माणमा हामी दिन रात खटिरहेका छौँ । हामी सबैमा समृद्ध गौरादह निर्माण गर्नका लागि एकठाउँमा उभिएर हिँड्न सके जनता सपना र हाम्रो अभिभारा चाँडै पुरा हुनेछ ।

मेयर उपमेयर फरक फरक पार्टीबाट निर्वाचित हुनुभएको छ, अन्य सवै ठाउँमा सहकार्य गरेर अगाडी बढिरहनु भएको छ । यहाँ किन भद्रगोल ?
निर्वाचनमा फरक फरक दलबाट जिते पनि साझा व्यक्ति हुनुपर्नेमा हुन नसक्नु पहिलो कारण हो । खासगरी प्रमुखले साझा प्रतिनिधिको रुपमा रहेर नेतृत्व गर्न नसक्नु अर्को कारण । केही समय भित्रमा जटिलता हटेर जाने कुरामा म विश्वस्त छु ।

सधै विवाद गरेर जनताले चाहेको समृद्धि कसरी पूरा गर्नु हुन्छ ?
सधैँ विवाद गर्नु पनि हुन्न र गर्दैनौँ पनि । हामी सवैले आप्mना दम्वलाई त्यागी साझा धारणा बनाई काम गर्नुको विकल्प छैन । विवादित विषयलाई छलफलको माध्यामबाट निकास निकाल्न जरुरी छ । हामी ऐन नियम र कार्यविधी बनाउन नसक्दा धेरै समस्या र विवाद भएको हो । यि विषय तुरुन्त बनाई विधी सम्मत ढंगले चल्ने हो भने विवाद पनि हुदैन र काम गर्न सहज वातावरण बन्नेछ ।

अब समाधान कसरी हुन्छ ?
समस्या र चुनौतीसँग भागेर होइन छलफल, बहसबाट सबैको अपनत्व हुनेगरीको निष्कर्ष निकालेर आप्mना कमजोरीहरुको दोस अरुलाई नथुपारी आफुले भने जस्तो नहुँदा मैदानै खाली गरी नभागी सहमति र सहकार्यका साथ अघि बढ्नुको विकल्प छैन । आ–आप्mना हैसियत अनुसारको काममा हस्तछेप नगरी पारदर्शी ढंगले एकअर्काले काम गर्नुपर्छ । विधि र प्रक्रिया पूरा गर्ने ढंगले काम गरी नगरपालिकाको आवश्यक जनशक्तिको उचित व्यवस्थापनका साथ आवश्यक ऐन, विनियम र कार्यविधि बनाई काम गरेमा सवै समस्याको समाधान हुनेछ ।

Facebook Comments