add
मनोरञ्जन विशेष स्थानीय खबर

झापाली युवा सुमितलाई जिताउन हजारौँ युवा प्रयासरत्

add

सुरुङ्गा, २० मंसिर । नेपाल आइडल सिजन दुईका सबैभन्दा कान्छा प्रतिस्पर्धी सुमित पाठकलाई यस पटकको एपिसोटबाट सर्वाधिक भोट दिलाउन पूर्व क्षेत्रका हजारौँ युवा लागि परेका छन् ।

यस अभियानका अभियानकर्मी राजेश घतानी तथा ज्योति उप्रेतीका अनुसार नेपाल बाहेक जापान, जर्मन, भारत, मलेसिया, दुबई, साउदी अरेबया, बेलायत, अमेरिका र थाइल्याण्डबाट समेत यस एसिसेटमा त्यहाँका नेपाली र अन्य समुदायका नागरिकबाट समेत सक्दो भोट गर्ने योजना छ ।

अघिल्लो हप्ता सुमित पाठक बटम थ्रीमा परेपछि यसपटक उनलाई विश्वबाट भोट आउन लागेको हो । सहभागी प्रतिस्पर्धी ५ जनामध्ये सुमित सबैभन्दा बढी संङ्गित साधकका रुपमा रहेका छन् । सुमितका पिता धुव्र पाठकसमेत संगीत शिक्षक हुन् ।

उनको झापा कनकाई नगरपालिकामा संगीत साधना कला केन्द्र सञ्चालनमा रहेको छ । सुमित त्यही विद्यालयका उत्पादन हुन् । सुमितले शास्त्रीय संगीतमा समेत उत्तिकै अनुभवी छन् भने आधुनिक, पप, र्याप सबै प्रकारका गीत गाउन सिपालु समेत छन् ।

उनलाई हारमोनियम, तवला, गितार, ड्रमसेट लगायत बजाउन आउँछ भने नेपाल आइडलमा सहभागी अन्य ४ जना प्रतिस्पर्धीमा यी सबै गुण नपाइएकोले समेत सुमितलाई नेपाल आइडल बनाउन संगीत प्रेमी लागि परेका हुन् । सुमित पाठक जिताउ अभियान झापाका संयोजक कुमारमणि पोखरेल आफ्नो पराइभन्दा पनि क्षमता भएको मानिस नेपाल आइडल हुनसके देशकै शान बढ्ने बताए ।

सबै प्रकारका गायकी र यो १९ वर्षको उमेरमा संगीतका सबै विधामा पोख्त यी पाँचमा अरु कोही प्रतिस्पर्धी भए हामी त्यसैलाई मद्दत गर्छौँ सुमित पाठक जिताउ अभियानका अर्का अभियानकर्मी अनुप ओलीले बताए ।

आज बिहीबार बेलुकी ८ः३० बजे एपीवान टेलिभिजनबाट प्रशारण हुने नेपाल आइडलको कार्यक्रम सम्पन्न भएपछि भोलि दिउँसो शुक्रबार १२ बजेसम्म मात्र सुमितलाई भोट गर्न सकिन्छ ।

यसका लागि मोबाइलको म्यासेज बक्समा गएर १२ टाइप गरी ३१००९ मा पठाउन वा रेस्पोट एण्ड राइज एप्प डाउनलोड गरेर समेत भोट गर्न सकिने छ । यसैबीच, यस पटकको टप ५ को प्रतिस्पर्धामा गायक सुमित पाठकले सबैभन्दा उत्कृष्ट गाएर पर्फमेन्स अफ द डे समेत पाएको बुझिएको छ ।

Facebook Comments