add
स्थानीय खबर

परिवार नै पुराणमा गएका बेला शिवसताक्षीमा तीन लाख चोरी

add

बनियानी, २० मंसिर । झापाको शिवसताक्षी–९ शिवचोकस्थित केशवप्रसाद ढुंगानाको घरमा बुधबार राति चोरी भएको छ ।

घरका सबै सदस्य सत्ताक्षीधाम पुराणमा गएको अवस्थामा घरको छतको ढोका फोडेर भित्र रहेको सुनको गहना ४ तोला ६ आना, झर्के थाल ६ थान, नगद २९ हजार, १ हजार मूल्य बराबरको रिचार्ज कार्डसहित करिब रू तीन लाख बराबरको धनमाल चोरी भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पुराणबाट ढुंगानाको परिवार आज बिहान घर आउनासाथ चोरी भएको थाहा पाएको र तत्काल इलाका प्रहरी कार्यालय झिलझिलेलाई खबर गरेका थिए । घटनाबारे जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरी टोली परिचालन भई घटनाबारे अनुसन्धान तथा चोरीमा संलग्नहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएइको छ ।

Facebook Comments