

झापा, ३ माघ । झापाको मेचीनगर नगरपालिका–६ स्थित मेचीपुलबाट लागुऔषध खैरो हेरोइनसहित पाँचथरका एक युवालाई प्रहरीले आज बेलुका पक्राउ गरेको छ ।
यहाँस्थित पुरानो मेचीपुलबाट लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ सिटी सफारीमा आउँदै गरेको पाँचथर फिदिम नगरपालिका–१३ का ३० वर्षीय सनम राईलाई शंका लागी चेकजाँच गर्दा निजले मलद्वारमा लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा प्लाष्टिकबाहेक २ ग्राम ३६० मिलिग्राम खैरो हेरोइन फेला परेकोले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।