
झापा, १ फागुन । झापा कारागार भद्रपुरमा एक कैदीबन्दी मृत्यु भएको छ । ठगी मुद्दामा जेल परेका भद्रपुर नगरपालिका– १ का ४० वर्षीय मदन सेलवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
मंगलवार बिहान ११ बजे कारागारभित्र अचानक लडेर उनी बेहोस भएका थिए । उनलाई उपचारको लागि तत्काल प्रादेशिक अस्पताल भद्रपुर पुर्याएका थिए । तर, चिकित्सकले उनलाई मृत घोषित गरिदिएको प्रहरीले जनाएको छ

Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
