
झापा, ३ फागुन । इङ्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा चेल्सी फराकिलो अन्तरले हारेको छ ।
ब्राइटनको घरेलु मैदानमा भएको खेलमा ब्राइटनले चेल्सीलाई ३–० को फराकिलो अन्तरले हराएको हो । ब्राइटनको जितमा यान्कुवा मिन्टेहले दुई तथा काओरु मिटोमाले एक गोल गरेका थिए । ब्राइटनले नोभेम्बर ९ पछि घरेलु मैदानमा पहिलो जित दर्ता गरेको हो। हारसँगै शीर्ष पाँचमा नै रहेको चेल्सीको यात्रा केही कठिन हुँदै गएको छ।

२५ खेलबाट ४३ अंक भएको चेल्सी अंक तालिकाको चौथो स्थानमा छ। एक खेल कम खेलेको म्यानचेष्टर सिटी ४१ अंकमा तालिकाको पाचौँ स्थानमा छ। समान खेल र अंकबाट न्युक्यासल युनाइटेड छैटौँ स्थानमा छ। लिगको २५ खेलबाट ३७ अंक बनाएको ब्राइटन आठौँ स्थानमा छ। प्रिमियर लिगमा शनिबार राति सात खेल हुनेछन्।
