ताप्लेजुङ, २७ मंसिर । ताप्लेजुङको सिदिङवा गाउँपालिका–२ सादेवामा खरबारीबाट लडेर १ जनाको मृत्यु भएको छ ।
गत मंसिर २२ गते शनिवार दिउँसो पौने १ बजेको समयमा खरबारीमा खर काट्ने क्रममा भिरबाट लडेर सोही स्थान बस्ने ३८ बर्षका बिजय कार्की अचानक लडेर घाइते भएका थिए ।
भीरबाट लडेर गम्भीर घाइते कार्कीलाई उपचारको लागि झापा स्थित बि.एण्ड.सी. अस्पताल पठाईएकोमा उपचारको क्रममा गए राती २ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।