झापा, १६ बैशाख । सर्वोच्च अदालतले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई लिखित जवाफ पेस गर्न ७ दिनको म्याद दिएको छ।
कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासमा भएको प्रारम्भिक सुनुवाइपछि यो आदेश जारी भएको हो । सर्वोच्चले गगनलाई ‘अवहेलना मुद्दामा किन कारबाही हुनु नपर्ने हो ?’ भन्दै ७ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश गरेको छ। लिखित जवाफ आफै उपस्थित भएर वा प्रतिनिधिमार्फत पनि पठाउन सकिने आदेशमै उल्लेख छ ।
Facebook Comments Box

