बिर्तामोड, १८ बैशाख । संयुक्त पहिचानवादी मोर्चा जिल्ला समन्यवय समिति झापाको संयोजकमा एलवी पालुङ्वा सर्वसम्मत चयन हुनुभएको छ । बिर्तामोडमा आज आयोजित मोर्चाको भेलाले पालुङ्वाको संयोकत्वमा ८० सदस्यीय समिति सर्वसम्वत गठन गरेको हो ।
चार वटा पहिचानवादी पार्टीको एकीकरणपछि संयुक्त पहिचानवादी मोर्चा गठन भएको हो । केपी पालुङ्वाले नेतृत्व गरेको नेपाल जनमुक्ति पार्टी, डा. महेन्द्र लावतीले नेतृत्व गरेको पहिचानवादी मोर्चा, ज्ञानबहादुर गुरुङले नेतृत्व गरेको नागरिक उन्मुक्ति पार्टी र डकेन्द्रसिंह थेगिमले नेतृत्व गरेको पहिचानका लागि प्रदेश नम्बर १ पुनः नामाङ्कन अभियान समिति एकीकरण भएर संयुक्त मोर्चा निर्माण भएको छ ।
मोर्चाको सह–संयोजकमा भावनी विक्रम सेलिङ, दिनेश किराती मावो, हरि चौधरी, नीरबहादुर राई, कालिबहादुर खेवाङ, गंगा दुलाल, संगम खनाल, चुडाकण बेघार्, थीरबहादुर खवास र सदस्य सचिवमा प्रमेश थापा चयन हुनु भएको छ ।
मोर्चाको सदस्यहरुमा पुष्पा बोखिम, चन्द्र मगर, चन्द्र साँवा, गौरव लिम्बू, बबिन आङ्देम्बे, सहम महम्मद, सन्तोषकुमार नियोङ, लोकबहादुर माझी, जीतबहादुर राई, वर्त राजवंशी, प्रेम सावा, शान्ता लिम्बू, देउमान साम्यु, रामचन्द्र राई, सन्तोष साँवा, जुनिसा लिम्बू, सर्ण लोवा, मनकुमार लिम्बू, भीमा साँवा, अमृता इधिङ्गो, सुनिता तामाङ सुहाङ, शुक्रराज थेवे, दिलेन्द्र लिम्बू माङथेवे, किरन माङमु लिम्बू, लक्ष्मण राई, जगतजंग आङ्देम्बे, नरमाया लिम्बु राई, शुकबहादुर सुकुवा लिम्बू, दिलिप नेम्बाङ, भुपाल राना, भरत थापा, खड्ग चेम्जोङ, तेजबहादुर योङ्हाङ, बुद्धिराज इड्वुड, मकरध्वज येक्तेन, सुरेश माझी, मनबहादुर थापा कमल, देवी कुमार शेर्मा रहनुभएको छ ।
त्यसैगरी, सदस्यमै देव योङया, विष्णुकुमार राजवंशी, सन्तोष लिम्बू, सेकेन्द्र राजवंशी, पामुलाल राजवंशी, वैशागु राजवंशी, डगमाया थापा, केधार घले, पदम लिम्बू, पार्वता माङमु, मनकुमारी राई, निर्मला चेम्जोङ, नामधिन ताप्मादेन, अनिल लिवाङ, मोगन राई, टिका लावती, सरिता बराल, शर्मिला तामाङ, टिकामाया याख्खा, पूर्णिमा लिम्बू, सानोहाङ राई, गंगु देवान, विक्रम पन्धाक, वीरबहादुर पन्धाक, सन्देश लिम्बू, अजय राई, पुस्कर सुब्बा, दिपेन राई, राजकुमार योङहाङ, रन्जितमान राई रहनुभएको छ ।
मोर्चाको सल्लाहकार समितिमा अग्निमाया मेचे, भरत श्रेष्ठ, डा. रत्न थामसुहाङ, अविरमान मुखिया, हिमालय प्रकाश कन्दङवा, भीममाया नेम्बाङ, रुपनारायण अधिकारी, पदम चोङबाङ, हेमराज तुम्बापो, खबिन थेबे, डिकराम फागो र रंगवीर राई रहनुभएको छ । छरिएर रहेका पहिचानवादी शक्तिहरुलाई एकीकरण गर्ने उद्देश्यले जिल्ला नेतृत्व चयन गरिएको संयोजक पालुङ्वाले बताउनुभयो ।
पहिचानवादी मोर्चाका जिल्ला संयोजक अग्निमाया मेचेको अध्यक्षतामा भएको कार्यक्रममा संयुक्त पहिचानवादी मोर्चाका संयोजक डकेन्द्र सिंह थेगिमको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि थेगिम, नेपाल जनमुक्ति पार्टीका केन्द्रीय उपाध्यक्ष भक्त खेवाङ, संयुक्त पहिचानवादीका नेता त्रिनारायण राजवंशी, संयुक्त पहिचानवादी मोर्चाका सचिवालय सदस्य खगेन्द्र माखिम, नेपाल जनमुक्ति पार्टीका नेता संजुहाङ पालुङ्वा, नागरिक उन्मुक्ति पार्टीका संघीय अध्यक्ष ज्ञानबहादुर गुरुङ लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा वक्ताहरुले पहिचानको मुद्दालाई स्थापित गर्दै मुलुकलाई असफलताको मार्गबाट सफलताको दिशामा अघि बढाउन पहिचानवादी मोर्चा अपरिहार्य रहेको बताएका थिए ।
सचिवालय सदस्य केदार धिमालले सर्वसम्मत चयन भएको समितिको नाम घोषणा गर्नुभएको कार्यक्रममा स्वागत पहिचानवादी मोर्चाका सदस्य सचिव प्रमेश थापा मगरले स्वागत गर्नुभएको थियो भने सञ्चालन जनमुक्ति पार्टी झापा सचिव पदम कन्दङ्वाले गर्नुभएको थियो ।

