गौरादह, १५ जेठ । नेकपा माओवादी केन्द्र गौरादह नगर कमिटीले गणतन्त्र दिवसको अवसरमा गौरादहस्थित सहिद गेटमा दीप प्रज्वलन कार्यक्रम गरेको छ । १८ औ गणतन्त्र दिवसका अवसरमा माओवादी केन्द्रले दीप प्रज्वलन गरेको हो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र गौरादह नगर अध्यक्ष गणेश राजबंशी र केन्द्रीय सदस्य तथा झापा इन्चार्ज रंजित तामाङले मन्तव्य राखेका थिए ।



कार्यक्रममा क्षेत्रीय संयोजक दुर्गा चम्लागाइ (श्रीकान्त), झापा क्षेत्र न ५ (क) इन्चार्ज सुलोचना राजवंशी, झापा जिल्ला सदस्य श्याम पोखरेल, अनेरास्ववियु क्रान्तिकारी झापा अध्यक्ष विवेक दाहाल, उपाध्यक्ष निरोज बस्नेत लगायत सयौंको उपस्थिति रहेको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


