झापा, १८ जेठ । राजावादीको प्रदर्शनमा निषेधित क्षेत्र तोड्दा पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपाका सांसद दीपक सिंहसहित ७ जना आजै रिहा भएका छन् ।
थापासहित ७ जनालाई काठमाडौँको नक्सालस्थित नारायणचौरबाट पक्राउ परेका थिए भने सिंह थापालाई भेट्न जाँदा प्रहरीलाई नै दुर्व्यवहार गरेको आरोपमा परिसरबाटै पक्राउ परेका थिए।



परिसरका प्रवक्ता एसपी अपिलराज बोहोराका अनुसार १ जनाबाहेक ७ जनालाई रिहा गरिएको हो। रक्सी खाएर प्रहरीमाथि नै दुर्व्यवहार गर्ने एक जना डा राजीव झा भने थुनामै छन् । पक्राउपछि स्वास्थ्य परीक्षण गर्दा उनले रक्सी खाएको पुष्टि भएको थियो।
कमल थापा, दीपक सिंह, शिला राना, राकेश बस्नेत, रामचन्द्र लामिछाने, विनोद कपाली, सरोज तिमिल्सिनालाई प्रहरीले जिम्मा जमानीमा छाडेको बोहोराको भनाइ छ।


