add
विचित्र विश्व

चिहानमा राखिएको शव रोएपछि…

add

अर्जेन्टिनामा एक महिलाको दाहसंस्कार गर्ने तयारी अन्तिममा अस्पताल तर्फ मोडिएको छ । मृत महिलाको शव राखिएको वाकसबाट रोखएको जस्तो आवाज निस्किएपछि आफन्तले जाँच गर्नलाई अस्पताल लगेका छन्।

अन्तिम श्रदाञ्जलीका लागि शव राखिएको बाकसबाट केहि पिएको जस्तो र रोएको जस्तो आवाज निँस्किएपछि आफन्तले जिँउदो रहेको नरहेको जाँच गर्न अस्पताल लगेका हुन् ।

अर्जेन्टिनाको राजधानी बियोनस आरिसमा विहिबार यो घटना भएको हो । ६५ बर्षीया मृत महिलाको नाम भने खुलाइएको छैन । शवबाट रोएको जस्तो आवाज सुनेपछि नजिँकै रहेको व्लास ल डुबरी अस्पताल लगिएको थियो ।

अस्पतालका डाक्टरले महिलाको २४ घण्टा अगाडि नै मृत्यु भइसकेको बताए । चिसो अवस्थामा रहेको मांसपेशीको आवाज आएको उनले बताएका थिए । एजेन्सी

Facebook Comments