साहित्य

‘जुँगे झाँक्रीको भूत’ सार्वजनिक

धादिङ, १५ असार – पत्रकार तथा साहित्यकार केशव दुवाडीको बालकथा संग्रह ‘जुँगे झाँक्रीको भूत’ सार्वजनिक भएको छ । धादिङ वेसीमा आयोजित एक कार्यक्रममा कथासंग्रह विमोचन भएको हो । जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपाल र प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले कथा संग्रहको संयुक्त विमोच गरेका थिए ।

९ वटा कथा समावेश ‘जुँगे झाँक्रीको भूत’का विषयमा धादिङका अग्रज साहित्यकार बद्री प्रसाद दाहालले टिप्पणी गरेका थिए । कथा संग्रहमा समावेश भएका कथाबाट सामाजिक सन्देशका साथसाथै भरपुर मनोरञ्जन पनि पाउन सकिने सो अवसरमा दाहालले बताए । उनले साहित्यको क्षेत्रमा अग्रसर दुवाडीका कथाहरु रोचक तथा मननयोग्य रहेको सुनाए ।

पुस्तक बारेमा बोल्दै कथाकार केशव दुवाडीले बालअधिकार र संरक्षणको क्षेत्रमा काम गर्ने क्रममा बालसाहित्य प्रति पनि रुची बढ्दै गएको र सोही क्रममा लेखिएका कथाहरु त्यति वेला विभिन्न पत्रपत्रिकामा पनि प्रकाशित भएका र सोही फुटकर कथाहरुको एकिकृत रुपबाट पुस्तक तयार भएको बताए ।

४० पृष्ठको कथा संग्रहमा ९ वटा कथा समावेश गरिएको छ । आवाज अभियान नेपाल नीलकण्ठ नगरपालिका धादिङले प्रकाशन गरेको कथा संग्रहको भूमिका नेपालबाल साहित्य समाजका उपाध्यक्ष डा।शैलेन्दु प्रकाश नेपालले लेखेका हुन् । नेत्रावती छापाखाना गल्छी धादिङले प्रकाशन गरेको पुस्तकको मुल्य १०० रुपैँया छ । यसैबीच कथामा देवेन्द्र थुम्केलीले चित्राङ्कन गरी कथालाई अझै जिवन्त पारिदिएका छन् ।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक