अर्थ विशेष स्थानीय खबर

भद्रपुरमा महिला उद्यमीहरुको ‘पप क्रो’

भद्रपुर, ७ भदौ । झापाको भद्रपुरमा महिला उद्यमीहरुले मकैको परिकार उत्पादन उद्योग सुरू गरेका छन् ।

नेपाली मैलिक उत्पादनका रूपमा ‘पप क्रो’ नाम दिइएको फूल मकैको परिकार उत्पादन सुरू गरिएको हो । अत्याधुनिक प्रविधिबाट उत्पादन हुने सो परिकार उद्योगमा ७० लाख लगानी गरिएको जनाइएको छ । समृद्ध भद्रपुर नगरका लागि सो उद्योग पनि सहयोगी हुने विश्वास लिएर खोलिएको महिला उद्यमी शर्मिला अधिकारीले बताइन् ।

सञ्चालक अधिकारीको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा उद्योगको औपचारिक उद्घाटन गरिएको छ । नेपाल तथा छिमेकी भारत समेतका लागि बजारीकरणको लक्ष्य बोकेको उद्योगमा आधा दर्जन बढी व्यक्तिले प्रत्यक्ष रोजगारी पाउने छन् ।

उद्घाटन कार्यक्रममा उद्योगी केशवराज पाण्डे, सामाजिक अभियान्ता राधा कार्की लगायतले शुभकामना मन्तव्य राख्दै महिला सवलीकरण तथा स्वदेशी उत्पादनका लागि सो उद्योग महत्वपूर्ण रहेको धारणा राखेका थिए ।

Facebook Comments

फेसबुक