विशेष स्थानीय खबर

मेचीनगर र कनकाईमा १ लाख ७० हजारको पटका बरामद

झापा, ९ असोज । झापाको मेचीनगर नगरपालिका-६ तुर्केनीबाट अन्दाजी १ लाख बराबरको पटकाजन्य बिष्फोटक पदार्थ बरामद भएको छ ।

आज बिहान ७ बजे जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले अबैध रुपमा भारतबाट नेपाल तर्फ ल्याएको ४ कार्टुन बिभिन्न किसिमका पटकाहरु बरामद गरेको हो ।

यसैगरी कन्काई नगरपालिका(५ सुरुङगाबाट अन्दाजी ७० हजार बराबरको २९ बण्डल पटका बरामद भएको छ । बिहान १० बजे बिर्तामोडबाट सुरुङगा तर्फ आउँदै गरेको मे १ ख १७१२ नम्बरको बस चेकजाँच गर्ने क्रममा उक्त बसमा लुकाई छिपाई ल्याउँदै गरेको पटका बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Facebook Comments

फेसबुक