समाज स्थानीय खबर

झापामा सशस्त्र प्रहरीद्वारा साढेचार लाखको सामान बरामद

भद्रपुर, २८ जेठ । झापाको दक्षिणी क्षेत्र कचनकवलमा तस्करी बढ्दै गएको छ ।

सोमबार राति सशस्त्र प्रहरी बोर्डर आउट पोष्टका इन्सपेक्टरको नेतृत्वमा गएको टोलीले सो क्षेत्रका विभिन्न नाकाबाट सामान बरामद गरेपछि तस्करी बढ्दै गएको खुलेको हो । भारतबाट लुकाइ छिपाइ ल्याएर चिया बगानमा घाँसले छोपेर राखेको अवस्थामा सामान बरामद गरिएको सशस्त्र प्रहरी बल गण नम्बर २ झापाले जनाएको छ ।

टोलीले खाने तेल, सूर्तीजन्य पदार्थ, रासायनिक मल लगायतका सामान बरामद गरेको केचनाका इन्सपेक्टर लोकबहादुर तामाङले जानकारी दिए । सीमा क्षेत्रमा डिउटी भए पनि तस्करले मौका छोपेर अवैध रुपमा सामान नेपाल भित्र्याउँदै गरेको जनगुनासो आएपछि दुई÷तीन दिनको प्रयासमा मध्यराति विभिन्न प्रकारका सामान फेला पारिएको उनले जानकारी दिए । केचनाकाबाट मात्र अनुमानित ५० हजार मूल्य बराबरको सामान बरामद गरिएको उनले जानकारी दिए ।

त्यसैगरी, दुई दिनयता केचना लगायत अन्य नाकाबाट ४ लाख ४३ हजार ९ सय रुपैयाँ मूल्य बराबरको अवैध सामग्री बरामद गरिएको गण २ झापाका डिएसपी तथा सूचना अधिकारी द्रोर्णविक्रम शाहले बताए ।

मातहतमा रहेका टागनडुब्बा, भागडुब्बा र काँकडभिट्टा नाकाबाट विभिन्न प्रकारका औषधि, खाने तेल, मोटरपार्टस, सूर्ती, मोबाइल र विआर ३७ एच ९४७४ नम्बरको एक थान भारतीय मोटरसाइकल समेत बरामद गरिएको उनले जानकारी दिए । सामानलाइ सोमबार मेची र भद्रपुर भन्सार कार्यालयमा बुझाइएको उनले जनाए ।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक