अर्थ समाज

प्रदेश १ को औद्योगिक व्यावसाय विधेयकमाथिको छलफल सकियो

विराटनगर, २२ असार । प्रदेश औद्योगिक व्यावसायका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफल आज समाप्त भएको छ । प्रदेश नं. १ को प्रदेशसभा नियावली, २०७४ को नियम ९३९२० बमोजिम उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियतले हिजो पेश गर्नुभएको थियो ।

विधेयकमाथिको सैद्धान्तिक छलफलमा प्रदेशसभा सदस्य जयराम यादवले कृषि क्षेत्रबाट प्राप्त हुने कच्चा पदार्थका बारेमा विधेयकमा केही पनि स्पष्ट नभएको भन्दै विधेयकको अनुसूची ८ को १२ वटा बुँदामा उल्लेखित कुराहरुमा कतै पनि खादमलको बारेमा नलेखिएकाले विधेयकमा सुधार गर्नुपर्ने सुझाव दिनुभयो ।

उहाँले यो विधेयकले जैविक र रासायनिक मलको विषयमा पनि स्पष्ट हुनुपर्ने भन्दै हिमाल र पहाडमा स्थापना हुने उद्योगका हकमा सहुलियत हुने विधेयकमा राखिनुपर्नेमा जोड दिनुभयो । सदस्य प्रतापप्रकाश हाङ्गामले ताप्लेजुङमा रहेको सुन, तामा र फलाम खानी उत्खनन एवं उद्योग स्थापनामा विधेयकमा समेटिनुपर्ने बताउनुभयो ।

सदस्य विमल कार्कीले स्थानीय खनिज पदार्थको आधारमा स्थापना हुने उद्योगलाई के कति ग्राहयता दिने सो सम्बन्धमा विधेयकमा स्पष्ट नभएको भन्दै निर्यात गर्ने उद्योगलाई सरकारले सहुलियत दिनुपर्ने माग गर्नुभयो । सदस्य सीता थेवेले उद्योग व्यावसाय गर्न बनेको यो विधेयक सान्दर्भिक र महत्वपूर्ण छ भन्दै अर्थतन्त्रलाई बलियो बनाउन साना, मझौला, लघु र घरेलु उद्योगलाई बढी प्राथमिकतामा राख्नुपर्ने सुझाव दिनुभयो । रासस

Facebook Comments

लेखकको बारेमा

सन्तोष शर्मा

शर्मा झापा अनलाइनका सम्पादक हुन् । उनीसँग राष्ट्रिय समाचार समिति (रासस) सहित विभिन्न सञ्चार संस्थामा काम गरेको अनुभव छ ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक

Holler Box