समाज साहित्य

दिव्यप्रेम

अमित संग्रौला

प्रेम अनन्त छ । शब्दमा भन्न सकिदैन । यसमा कुनै प्रकारको संघर्ष गर्नु पर्दैन । अहिले भागदौडको जिन्दगीमा मान्छेहरुमा शुद्ध प्रेम र भाइचारामा कमिआएको छ । अहिलेको प्रेम स्वार्थमा मिसिएको छ । अहिले युगमा प्रेम लेनदेन र व्यापार जस्तो हुन पुगेको छ । पहिलाको जस्तो शुद्ध र पवित्र प्रेम भेटाउन गाह्रो छ ।अहिलेको समयमा विभिन्न अवस्थामा जोडिन पुगेको छ । घर घडेरी बैंक ब्लेन्स दौलत सँग तुलना गरिन्छ । प्रेम मन भावना सँग सम्बन्धित छ । यद्यपि प्रेम भावना मात्र होइन यो त मान्छेको अस्तित्व हो । जो मान्छेसँग प्रेम छ । त्यसले नै प्रेम बाड्न सक्छ । शान्ति खुसी आनन्द प्रेमका रुप हुन । मान्छको मुस्कान नै प्रहिलो प्रेमको रुप हो ।

प्रेमका विभिन्न रुप हुन्छन् । कहिले प्रेम क्रोधमा हुन्छ । रिस अहंकार र विभित्र अवस्था व्यक्त भइदिन्छ । शुद्धता पवित्र प्रेममा गहिरो विश्राम हुन्छ । मनको गहिराई सम्म हुन्छ । खुसी आनन्द प्रफुल्ल आफ्नै मस्ति हुन्छ । कसैसँग तुलना गर्दैन ।

एउटा ब्यक्ति के हो ? शरीर मनको मिश्रण हो । प्रेम कुनै वस्तु भन्दा पर छ । हामीले देखि रहने हरेक कुरा परिवर्तनशिल छ भने प्रेम मात्र अपरिवर्तनशिल छ ।कुनै कुरामा फस्नु माया हो । प्रेमभित्र दिब्यता भक्तिपुर्वक श्रद्धा हुन्छ । साँचो प्रेममा भगवानको आशीर्वाद सरह हो । जहाँ कि भगवानको जस्तो दिव्यता मिसिन्छ । प्रेम त दिइन्छ कसैलाई लिइदैन ।प्रेम जति गरिन्छ । त्यति नै हामी भित्र खुल्दछौ । प्रेम शुद्ध ज्ञान हो ।

मान्छेको चेतनाबाट प्रेम पस्फुटन हुन्छ । कहिले बच्चाको रुवाइ जस्तो हुन्छ । बच्चाहरु कसरी रुन्छ्न दिल खोलेर।हास्न पनि दिल खोलेर हास्छन ।हामी भन्ने गर्छम बच्चा भगवानको रुप हो।अङ्ग्रेजी साहित्यकार सेक्सपियर भन्छन् थोरैलाई बिश्वास गर र सबैलाई प्रेम गर।ूजति नै न राम्रो होस् ।अपराध गर्ने खुंखार मान्छेभित्र पनि केहि न केहि प्रेम हुन्छ । सबैलाई प्रेमको हेरौं त संसार कति राम्रो देखिन्छ ।हामीहरु हिंसा रहन चाहदैनौ ।हामीहरु प्रेममा बाच्न चाहन्छौ ।

सुखमय भविस्यको लागि हामी भित्रको प्रेम अनिवार्य छ । प्रेम न गर्नाले हामी सँकुचित हुन्छौं । प्रेम बाड्ना ले प्रेम फौलिएर जान्छ । परिवार देश समाज पुरै राष्ट्रलाई प्रेमको भाव राख्न सक्छौ ।त्यस कारण हामी भित्रको दिव्य प्रेमलाई चिनौ ।हामी भित्र अथाह प्रेम छ । भगवान जस्तो दिव्य प्रेम भक्ति श्रद्धा शुद्धता हुनुपर्छ ।
बिर्तामोड

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक