दीपक चापागाईं
हिजो विपीको समाजवाद माथि
दर्जनौं पटक बलत्कार गर्नेहरू
आजका दिनमा कालमार्क्सको
समाजवाद बलात्कार गर्नेहरूको
पीडा र रोदनको चित्कारलाई
गीतको संगीत मानेर लर्बराउँदै
तारे होटलहरूमा विदेशी ब्रान्डका
रक्सी, ह्विस्कीका गिलास ठोकाउँदै
हर्षोलासले चियस भनिरहँदाको
उल्लासमय बनेको वातावरणलाई
झ्यालबाट चियाइरहेको समाजवाद।
त्यो अकल्पनीय दृश्यलाई देखेर
रन्थनिऐको समाजवादले पुल्लुक
फर्किएर गाउँ र बस्तीलाई हेर्दा
झुपडीको प्वाल परेको छानाबाट
अन्धकारमा चम्किएका तारालाई
आधापेट खाऐर सुतेको श्रमिकले
सुस्केरा हालेर हेरिरहेका बेला
जाडोले शरीर ढक्ने लुगा नपाएर
छेवैमा सुतेका स्वास्नी र छोरा छोरी
कामिरहेको टुलुटुलु हेर्दै स्पर्श गर्दै
आफूले मतदान दिएर जिताएका
शासकहरूको तमासा देखेर
मतदान दिऐका हातहरू थुक्दै
दुनियाँका सामु सपना देखाएको
समाजवादलाई धिक्कारिरहेछ।
जनतालाई धोका दिएर सधैँ
सत्ता र शक्तिमा रन्थनिएर
समजवादमाथि बलात्कार गर्ने
बलात्कारीलाई जनताका सामु
टुडिखेलमा लगेर फाँसी नदिए
जुगै जुग समाजवाद रोइरहनेछ ।




कमेन्ट गर्नुस्