राजनीति समाज

विदेशीको चलखेलले संसद विघटनः नेता पौडेल

काठमाडौं, २१ पुस । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्दा काँग्रेसमा तरङ्ग आएको बताएका छन् ।

आफ्नै पार्टीका कतिपय नेता संसद् विघटन हुँदा खुशी भए पनि आफूले संसद विघटनले पार्टीलाई फाइदा भए पनि देशलाई घाटा हुने कुरा राखेको मंगलबार जनता समाजवादी पार्टीले राजधानीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बताए ।

उनले भने, ‘लोकतन्त्र रहेमात्र हामी सांसद् बन्छौँ, मन्त्री बन्छौँ, प्रधानमन्त्री बन्छौ भनेपछि मात्र नेताहरूको चित्त बुझाउनु भएको छ । पार्टीको आन्तरिक विवादको कारण संसद विघटन गरिदिने काम विगतमा भएको थियो । हाम्रो पार्टीका तत्कालीन सभापति तथा प्रधानमन्त्रीले गर्नु पनि भएको थियो ।’ उनले विदेशी चलखेलकै कारण संसद विघटन भएको पनि दाबी गरे ।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक